• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

निर्मलालाई न्याय खोई : प्रधानमन्त्री र नेताहरुको सामाजिक सञ्जालमा प्रश्न

  •   आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रौतहट । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि फेरि आवाज उठाउन थालेका छन् ।

    बलात्कार पछि हत्या भएको २ वर्ष बितिसक्दा पनि हत्यारा पत्ता नलागेको र निर्मलाले न्याय नपाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरोकारवाला व्यक्तिहरुलाई यसबारे ध्यानाकर्षण गराउन सुरु गरेका छन् ।

    विशेष गरी सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकोको आधिकारिक फेसबुक पेजको प्रोफाइल पिक्चरमा कमेन्ट गर्दै निर्मलालाई चाँडो न्याय दिलाउन माग गरेका छन् । उनीहरुले कमेन्ट सेक्सनमा ह्यासट्याग ‘जस्टिज फर निर्मला’ ‘निर्मलालाई न्याय देऊ’ भन्दै कमेन्ट गर्दै सरकारलाई दवाव दिन सुरु गरेका छन् ।

    त्यसैगरी कमेन्टमै निर्मला तस्वीरसहितको ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेको पोष्टर पनि कमेन्ट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकको चर्चित ग्रुप ‘एमआरआर’ का सदस्य युवाहरुले निर्मला हत्याकाण्ड सेलाउन लागेको र सरकारले पनि यसलाई सुल्झाउन वेवास्ता गर्दै गएकाले पुनः ध्यानाकर्षण गराउन सुरु गरेका कमेन्ट अभियानमा अन्य धेरै फेसबुक प्रयोगकर्ताले सहभागिता र ऐक्यवद्धता जनाइरहेका छन् ।

    यो समाचार तयार पारुन्जेलसम्म २ लाख बढीले कमेन्ट गरिसकेका छन् भने अधिकांश कमेन्टहरु निर्मलाको लागि न्याय मागिएका छन् । कतिपय कमेन्टहरु निर्मलाको न्यायसँगै सरकारको काम कारवाही प्रति असन्तुष्टि र आक्रोस पोखिएका छन् ।

    फेसबुक प्रयोगकर्ता यज्ञ ढकाल कमेन्टमा लेख्छन्, ‘सरकार सँधै मिडियाले गलत लेखे मात्रै भन्न छोडिबक्सियोस् । जनतालाई ठूलो आशा थियो हजुरबाट, निर्मला त मात्र एक प्रतिनिधि घटना हो ।

    मुल प्रश्न यो हो कि, ‘के हजुरले देशमा सुशासन कायम गर्नका लागि साँच्चीकै केहि मात्र पनि प्रयास गरिबक्सेको छ ?’ हजुरले गरिबक्सेछु भन्नुहोला तर विश्वास गर्नुहुन्छ भने जनतालाई ‘भ्रष्टाचारीलाई समर्थन र ठूला गफ’ बाहेक केही गरेको महसुस भएकै छैन ।’

    यसैगरी सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटन तथा नागरिक उद्योग मन्त्री योगेश भट्टराई, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न मन्त्री, शीर्ष पार्टीका नेताहरुको पनि प्रोफाइल पिक्चरमा कमेन्ट गर्दै निर्मलाई चाँडै न्याय दिलाउन माग गरेका छन् ।

    त्यसैगरी उनीहरुले नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजमा पनि यस्तै कमेन्टहरु गर्दै प्रहरी संगठनलाई झक्झकाउने काम गरिरहेका छन् । २०७५ साउन १० गते घरबाट हराएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव साउन ११ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।

    तर आजसम्म प्रहरीले उनको हत्यारा पत्ता लगाउन नसक्दा आमसर्वसाधरणहरु नेपाल सरकार र नेपाल प्रहरी प्रति आक्रोशित बनेका छन् ।

    स्रोत : न्युज 24

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.