हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुुरको कमाण्ड पोष्टले मकवानपुरको हेटौंडा उपमहानगरपालिका पुरै र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा जारी रहेको निषेधज्ञा आउँदो भदौ ९ गते सम्म जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुुरका प्रमुख दिपकराज नेपालले जिल्लामा संक्रमितको जोखिम रहेकोले आउँदो भदौ ९ गते सम्म निषेधज्ञालाई जारी राखिने बताए । यसैगरि बैठकले खाद्यन्न तथा तरकारी पसल भने बिहान ५ बजे देखि ८ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । गत साउन २६ गते रातिबाट जारी गरिएको निषेधज्ञा आज राति १२ बाट सकिनै लाग्दा प्रशासनले आउँदो भदौ ९ गते सम्म जारी राख्ने निर्णय गरेको हो । मकवानपुरमा हालसम्म १ सय ७० जनामा कोरोना पुष्टि भएको छ भने ४४ जना संक्रमित कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।








