• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राहदानी बनाउने विषयमा सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गर्नेलाई कारबाही गर्न माग

  •   शुक्रबार, मङि्सर ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । राहदानी विभागले  राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ ।

    शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्चालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साईबरहरूलाई समेत अनुसन्धान तथा कारवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साईबर ब्यूरोलाई अनुरोध गरेको जानकारी दिएको छ ।

    राहदानी बनाउने सिलसिलामा विभिन्न बहानामा ठगी गरेको पाइएमा त्यसरी ठगी गर्नेहरूबारे यस विभाग वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन पनि आग्रह गरेको विभागले सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न विभाग सदैव प्रतिवद्ध रहेको जनाएको छ ।

    ‘राहदानी छिटो बनाइदिने, अप्वाइन्टमेन्ट डेट अगाडि सारिदिने जस्ता विभिन्न बहानामा सेवाग्राहीहरूलाई ठगी गर्ने बिचौलियाहरूलाई विभाग, नेपाल प्रहरी र सेवाग्राहीसमेतको संयुक्त प्रयासमा पहिचान गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाउने गरिएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रेस विज्ञप्ति

    विद्युतीय राहदानी जारी गर्न शुरू भएको एक वर्ष भित्रमा राहदानी विभागबाट सम्पन्न भएका केही महत्वपूर्ण कार्यहरू यहाँहरू समक्ष जानकारी गराउन पाउँदा खुशी लागेको छ । २०७८ असोजमा विद्युतीय राहदानीको परीक्षण उत्पादन शुरू गरी सफल परीक्षण उत्पादनपश्चात् २०७८ मंसिर १ बाट विद्युतीय राहदानीको औपचारिक रूपमा उत्पादन तथा वितरण शुरू गरिएको थियो ।

    हाल सवै जिल्ला प्रशासन कार्यालय, १७ ईलाका प्रशासन कार्यालय र ३८ कूटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी गर्ने कार्य भइरहेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरूबाट लाईभ इनरोलमेन्ट भई विभागमा छपाइ भएका विद्युतीय राहदानीहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरूमा यथाशीघ्र पुग्ने व्यवस्था मिलाइएको छ ।

    विद्युतीय राहदानी जारी गर्न शुरू गरिएको २०७८ मंसिर ०१ (१७ नोभेम्वर २०२१) देखि २०७९ कात्तिक ३० (१६ नोभेम्वर २०२१) सम्ममा राहदानी विभागबाट ३,३४,५८३, जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूबाट ५,१६,८०५ र विदेशस्थित नियोगहरूबाट ८१,९०५ थान गरी जम्मा ९,३३,२९३ थान विद्युतीय राहदानी जारी भएको छ ।

    राहदानीवापत सेवाग्राहीले तिर्नुपर्ने राजस्व अनलाइनबाट समेत तिर्नसक्ने व्यवस्था मिलाएर सेवा प्रवाहमा सहजता ल्याउने प्रयास गरिएको छ । त्यस्तै, सेवा प्रवाहमा सहजता ल्याउन ल्भउब िभएबककउयचत मोबाइल एपको निर्माण गरिएको छ । साथै, सफ्टवेयरमा आवश्यक सुधार गरी अनलाइन प्रणालीलाई थप सेवाग्राहीमैत्री बनाउन प्रयास समेत भइरहेको छ ।

    राहदानी छिटो बनाइदिने, अप्वाइन्टमेन्ट डेट अगाडि सारिदिने जस्ता विभिन्न बहानामा सेवाग्राहीहरूलाई ठगी गर्ने बिचौलियाहरूलाई विभाग, नेपाल प्रहरी र सेवाग्राहीसमेतको संयुक्त प्रयासमा पहिचान गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाउने गरिएको छ । साथै, राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्चालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साईबरहरूलाई समेत अनुसन्धान तथा कारवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साईबर ब्यूरोलाई अनुरोध गर्ने गरिएको छ ।

    राहदानी बनाउने सिलसिलामा विभिन्न बहानामा ठगी गरेको पाइएमा त्यसरी ठगी गर्नेहरूबारे यस विभाग वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनु हुन सम्बन्धित सबैमा राहदानी विभाग हार्दिक अनुरोध गर्दछ । सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न राहदानी विभाग सदैव प्रतिवद्ध रहेको व्यहोरा समेत अनुरोध छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.