सांकेतिक तस्विर
हेटौंडा । चौघडाका प्रहरी सहायक निरीक्षक (असइ) लाई खुकुरी हान्ने ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा हेटौंडा–६ रामनगरका २६ बर्षीय भक्तराम राउत, हेटौंडा६ सल्लाघारीका १६ बर्षका उत्सव गौतम, ५० बर्षीय नकुल विक, २२ बर्षीय अभिषेक घताने रहेका छन् । प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाको कमान्डमा खटिएको २५ जनाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । गौरीटार नजिक गाँजा सेवन गरि घरमा ढुंगा हानी हो(हल्ला गरिरहेको खबर आएपछि असइ केसी घटनास्थल पुगेका थिए । उनी पुग्ना साथ उनीहरूले धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । केसीको बायाँ हातमा गहिरो चोट लागेको उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








