दाङ । दाङमा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ गैरागाउँ निवासी मनोज चौधरीकी १५ महिनाकी छोरीको सोमबार बेलुका खेल्ने क्रममा घर अगाडिको कुलोमा डुबेर मृत्यु भएको हो ।
कुलोमा डुबेर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानाएको छ ।यसैगरी गढवा गाउँपालिका–४ खजरौटा निवासी महोमद रजा मियाँकी एक वर्षीया छोरीको सोमबार बेलुका घर नजिकै खेल्ने क्रममा बाल्टिनमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । डुबेर बिरामी परेकी बालिकाको स्थानीय मेडिकलमा उपचारका क्रममा राति मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले बताए ।








