अर्घाखाँची । जंगली च्याउ खाँदा प्युठानमा गएराती २ जनाको मृत्यु भएको छ । अन्य ३ जना बिरामी परेका छन् । यसरी मृत्यु हुनेमा प्युठान जिल्लाको नौबहिनी गाउपालिका वडा नम्बर ६ ढाँडखोलाका १३ बर्षिय सुगम घर्ती र १५ बर्षिय सुरेश घर्ती रहेका छन्। एकै परिवारका दाजुभाई रहेका उनीहरुको घरमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख गोबिन्द केसीले जानकारी दिए ।
उनीहरुका बुबाआमा र अर्का दाई बिरामी परेका छन्। जंगली च्याउको पहिचान नगरी पकाएर खाएपछि मृतकका ३३ बर्षीय बुवा बिष्णु घर्ती, ३० बर्षीय आमा लिला घर्ती र १७ बर्षीय दाई शसी घर्ती बिरामी परेकाे प्युठानका डिएसपी नरेन्द्र कार्कीले बताए । बिष्णु र लिलाका तीन भाइ छोराहरू मध्ये माईला र कान्छा छोराको ज्यान गएको र बाबु आमा सहित जेठो छोरा बिरामी भएका हुन् ।
श्रावण ३० गते जंगल बाट ल्याएको च्याउको तरकारी पकाएर खाएपछि निरन्तर चार दिन सम्म उनिहरूलाई पखाला डाईरिया भएको थियो । जब २ जनाको घरमा मृत्यु भैसकेपछि च्याउ खाएर बिरामी परेका तीन जना उनिहरूलाई जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको लागि ल्याईएको हो । अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ । उनिहरू खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।








