चितवन । पटिहानी फूटबल क्लब चितवनको आयोजनामा शुक्रबारदेखि पटिहानीमा बिद्यालय स्तरीय फूटबल प्रतियोगिता शुरू भएको छ । भरतपुर महानगरभित्रका ३२ माध्यमिक बिद्यालयका विद्यार्थी सहभागी रहेको ”पिएफसी इमर्जिङ कप २०७९”आगामी मंसिर २४ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले उद्घाटन गरेको थिए । क्लबका अध्यक्ष पोष्टराज तिमिल्सिनाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा भरतपुर(२२ का अध्यक्ष विष्णुराज अधिकारी, भरतपुर(१४ का अध्यक्ष राजेन्द्र साँखी चितवन फूटबल क्लबका अध्यक्ष श्रीकृष्ण कार्की लगायतले मन्तव्य राखेको थिए ।
प्रतियोगितामा महिन्द्रा टेक्टर, भरतपुर महानगर पालिका लगायतले सहयोग गरेका छन् । प्रतियोगितामा शुक्रबार ब्राइट स्टार इंग्लिस स्कुल र श्री माध्यमिक विद्यालय गंगानगरबीचमा भएको खेलमा ब्राइटर इंग्लिस स्कुल ४(० विजयी भएको छ ।








