काठमाडौँ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा घिमिरेको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए।








