चितवन । चितवनका थप २० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भरतपुर स्थित कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका २० जना सहित कुल ३० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाको विभिन्न वडाका ५ पुरुष र ७ जना महिला , राप्ती ४ र ५ नम्बर वडाका २ जना पुरुष , खैरहनी ३ का ५ जना महिला जसमध्य एक वृद्धाको हिजो मृत्यु भएको छ । रत्ननगर १० को १ जना पुरुष रहेका छन् ।त्यस्तै नवलपुरका ३ पुरुष र २ जना महिला, महोत्तरीको १ जना पुरुष , बाँकेको १ जना महिला , तनहुँको १ पुरुष , मकवानपुरकी १ महिला र बाराको १ जना पुरुष रहेका जनाइएको छ ।









