काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ। हाल देशका अधिकांश भू–भागमा सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश न ५ कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश तथा आसपासका भू–भागका मेघगर्जनसहित केहि स्थानहरु (बढी सक्रिय जिल्लाहरु कन्चनपुर, डडेलधुरा,डोटी,कैलाली, बर्दिया, अछाम,सुर्खेत) मा वर्षा भइरहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, राती देशभर सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








