• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

एनआरएनए पोर्चुगलका अध्यक्ष गैह्रेद्धारा ह्वीलचेयर सहयोग

  •   बुधबार, भदौ ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । एनआरएनए पोर्चुगलका अध्यक्ष एवम गैंडाकोट खेलकुद समितिका संस्थापक महासचिव तिलक गैह्रेले ५ वटा ह्वील चेयर निशुल्क सहयोग गर्नुभएको छ ।

    सात समुन्द्र पारी रहेर पनि आफ्नो जन्मस्थानमा भएको दुख र पीडालाई नजिक वाट नियाल्नुभएका गैह्रेले गैंडाकोट १ मा रहेको अपाङ्ग जीवन विकास संस्थामा आश्रय लिएका व्यक्तिहरुलाई उक्त ह्वील चेयर सहयोग गर्नुभएको हो । गैंडाकोट ६ मा जन्मिएर पोर्चुगलमा व्यवसाय गर्दै आउनुभएका गैह्रेसँगै उहाँको धर्मपत्नीले गरेको सहयोग आज हस्तान्तरण गरिएको हो । संस्थामा रहेका १९ जना अपाङ्गता भएका व्यक्तिहरुमध्ये ५ जनालाई ह्वीलचेयर आवश्यक परेको जानकारी सामाजिक संजालबाट थाहा पाएपछि मानविय भावना भएका गैह्रेले गैडाकोट खेलकुद समितिका संस्थापक अध्यक्ष लक्ष्मण कार्कीको समन्वयमा एक दिनको खाना र नगद रु १० हजार गरि पन्ध्र हजार सहित उक्त ह्वील चेयर व्यक्तिगत सहयोगमा उपलब्ध गराउनुभएको एनआरएनएका क्षेत्रीय कोषाध्यक्ष तोयनाथ कडेँल शिवले जानकारी दिनुभयो । ह्वीलचेयर पाएपछि वैशाखीको भरमा जिवन जिउनुभएका डीपी कोइरालाले गैह्रेले आफूहरुलाई खुट्टानै दिएको भन्दै अव टाढा टाढा जान आउन साथै क्षमताले भ्याएसम्मका दैनिक कार्य गर्न सकिने बताउनुभयो । दिपक वहादुर कार्कीले ह्वीलचेयर नै आफूहरुको खुट्टा भएको भन्दै सहयोगी दातालाई धेरै धेरै धन्यवाद दिनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेशका सांसद कृष्णचन्द्र नेपालीले राज्यले कानुनमै अपाङ्गता भएका व्यक्तिको जिम्मा सरकारले लिने भनेपनि व्यवहारमा त्यसो नभएको बताउनुभयो । राज्यले कानुन वनाउने तर कार्यान्वयन नगर्दा आज अपाङ्गता भएका व्यक्तिहरुको जिवन परिवर्तनमा कठिनाई भएको भन्दै गैह्रेले गर्नुभएको मानविय सहयोगले सरकारलाई पाठ सिकाएको बताउनुभयो ।कोभिड १९ जस्तो संकटकालिन अवस्थामापनि आफ्नो ठाउँलाई सम्झिएर गैह्रेले कल्याणकारी कार्य गर्नुभएको भन्दै आगामी दिनमा आफूले पनि सामाजिक विकास मन्त्रालय मार्फत संस्थालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    सहयोग प्राप्त पछि कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवम संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले अतिनै आवश्यक भएको सामाग्री पाउँदा आफूहरु धेरै खुशी भएको बताउनुभयो । आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउँदा थप हौसला मिलेको बताउनुभयो ।

    कार्यक्रममा गैंडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटा, नेपाली काँग्रेसका नगरसभापति तारापति खरेल, वडा सभापति शिव काफ्ले, मौलाकालिका धार्मिक सेवा समितिका उपाध्यक्ष खगराज कडेँल,गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की,नवलपुर जिल्ला वक्सिङ संघका जिल्ला उपाध्यक्ष दल वहादुर राना, नेविसंघ नगरसदस्य अमित घिमिरे,वडानम्वर ४ का संयोजक रोशन दर्लामी,उप संयोजक अन्जिता परियार लगायतको उपस्थिती रहेको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.