काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । यस्तै, राती देशभर सामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








