काठमाडौँ । कोरोना संक्रमण रोक्न काठमाडौँ उपत्यकामा बुधबार मध्यरातदेखि निषेधाज्ञा लागु भएको छ । निषेधाज्ञा लागू भएसंगै उपत्यकामा चहलपहल न्यून भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा बिहानैदेखि अत्यावश्यक सेवा बाहेकका सवारी चलेका छैनन् । व्यवसाय ठप्प छ । चोक–चोकमा सुरक्षाकर्मी परिचालन भएका छन् । सडकमा संचालनमा आएका सवारी र पैदल यात्रीलाई सुरक्षाकर्मीले सोधपुछ गर्ने गरेका छन् ।








