चितवन । चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । रतपुर अस्पताल कोभिड–१९ प्रयोगशालमा बुधबार राति गरिएको परीक्षणमा एक जना मात्रै कोरोना संक्रमण फेला परेका हुन् । प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीका अनुसार भरतपुर महानगरपालिका–७ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ती पुरुष होम क्वारेन्टिनमा बसेका थिए । बुधबार राति कुल ५५६ नमुना परीक्षण गरिएको छ । यति धेरै परीक्षण गर्दा जम्मा एक जना मात्रै संक्रमित फेला पर्नु चितवनको लागि केही राहत मिलेको छ । योसंगै चितवनमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।








