काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा एक हजार ६ सय रुपैयाँले घटेर ९८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन प्रतितोलामा १ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।








