चितवन । चितवनका सन्तोष भट्टले मलेसियामा सम्पन्न पाङ्कोर आइल्याण्ड अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२२ मा गोल्डमेडल जितेका छन् । लामो समयदेखि मलेसियामा बस्दै आएका भट्टले उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि स्वर्णपदक दिलाएका हुन् ।
भट्टसंगै ६ जना नेपाली खेलाडीले पनि स्वर्णपदक जितेका छन् । स्वर्णपदक जित्नेहरुमा मोहम्मद उमर खान, सुनिता विष्ट, सुष्मा थापा, सोनम गैरे, नितिश विश्वकर्मा र सक्षम चौधरी रहेका छन् । यस्तै चार खेलाडीले रजत पदक जितेका छन् ।
जसमा जैनव खातुन, अब्बास खान, मोहम्मद उमर खान, सुनिता विष्ट रहेका छन् । यस प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेको थियो । प्रतियोगितामा टिम प्रशिक्षकको रुपमा रोशन खाँन रहेका थिए ।








