चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका ८ खुरखुरेका दुईजनामा कोरोना संक्रमण देखिएको छ । साउन २९ गते राप्ती ९ की एक महिलामा कोरोना पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङको क्रममा स्वाव संकलन गरिएका खुरखुरेका दुईजनामा समेत कोरोना पुष्टि भएको हो । खुरखुरेका एकजना व्यवसायी र उनको छोरामा कोरोना पुष्टि भएको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले जानकारी दिए । ४४ बर्षिय व्यवसायी र उनको १२ बर्षिय छोरामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि भएका व्यवसायी नेकपाका स्थानिय नेता समेत भएको खुलेको छ ।








