• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

काठमाडौको लैनचौर जलमग्न : बारम्बार किन फुट्छ मेलम्चीको पाइप ?

  •   मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । काठमाडौको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध हुन पुग्यो । त्यसैगरी गत कात्तिक २४ गते पनि मेलम्चीको पाइप परीक्षणको क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा सडक जलमग्न भई सवारीसाधन आवागमनमा समेत समस्या भएको थियो । विद्युतको तार भूमिगत गर्ने क्रममा तीनकुनेको पाइप फुटेको पाइएको थियो ।

    सोमबार लैनचौरमा पनि नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा नै पाइप फुटेको हुनसक्ने मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयको अनुमान छ । सो क्षेत्रको पाइप फुटेकोबारे निर्देशनालयले अध्ययन गरिरहेको जनाएको छ । लैनचौर र तीनकुनेको घटना त उदाहरण मात्र हुन्, काठमाडौँमा खानेपानी र ढलको पाइप फुट्ने, टेलिफोन र विद्युतको तार काटिनेजस्ता घटना दिनहुँजसो हुने गर्दछ जसको प्रत्यक्ष मारमा आमनागरिक परेका हुन्छन् ।

    एकीकृत सहरी विकास योजनाको अभाव, पूर्वाधार विकाससम्बन्धी काम, विभिन्न मन्त्रालय र निकायमा बाँडिनु, ‘युटिलिटी कोरिडोर’सम्बन्धी ऐन कानुनको अभावजस्ता कारणले यस्ता घटना हुने गरेको पाइएको छ । पूर्वाधार विज्ञ प्राडा सूर्यराज आचार्यले विकसित मुलुकको उदाहरण दिँदै भौतिक पूर्वाधार विकासका लागि एउटै मन्त्रालय वा निकाय तथा एकीकृत कार्ययोजना हुनुपर्ने बताए । नेपालको सन्दर्भमा पूर्वाधार निर्माणसम्बन्धी एउटै मन्त्रालय र एकीकृत कार्ययोजनाको अभाव, अहिले खडा गरिएका मन्त्रालय र निकायबीच समन्वयको खाँचो तथा विकासको कामलाई समयमा सम्पन्न गर्नुको सट्टा वर्षौसम्म लम्ब्याएर फाइदा लिनेजस्ता प्रवृत्तिका कारण यस्ता समस्या हुने गरेको उनको भनाइ छ ।

    सरकारी कार्यालयहरूबीच समन्वय नहुँदा सडक विभागले कालोपत्रे गरेको केही दिनमै कहिले खानेपानी मन्त्रालयले सडक खन्ने, कहिले ढल निकासका लागि खन्ने त कहिले दूरसञ्चार र बिजुलीसम्बन्धी कामका लागि सडक खनिँदा काम पनि गुणस्तरीय नहुने र पाइप र ढल फुट्ने, तारहरू काटिनेजस्ता समस्या आउने गरेको उनको भनाइ छ ।

    यी समस्याको सम्बोधन गर्न ‘युटिलिटी कोरिडोर’को अवधारणा अगाडि सारिए पनि त्यो लागू हुन सकेको छैन । लैनचौर क्षेत्रमा खानेपानीको पाइप फुटेको घटनाबारे अध्ययन सुरु भइसकेको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.