नवलपुर । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालका बिरामी कोरोना संक्रमित भएपछि अस्पताल शिल गरिएको छ । जिल्ला अस्पतालद्वारा जारी सूचनामा अस्पतालमा विरामीको सम्पर्कमा आएका स्वास्थ्यकर्मी, कर्मचारी सबैको पिसिआर रिपोर्ट नआएसम्मका लागि भदौ ८ गतेसम्म अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डां सुनिलराज गौतमद्दारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । उच्च ज्वरो आएपछि अस्पतालमा भर्ना भएका कावासोती १६ निवासी ४० बर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी डण्डाका एउटा खाद्य पसलका सञ्चालक हुन् । ३ दिन अघि भर्ना भएका उनका अहिले अवस्था सामान्य रहेको जिल्ला अस्पतालका अध्यक्ष डा.गोपाल खनालले बताए । अस्पतालमा उपचाररत विरामीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई थप उपचारका लागि रजहरको प्राकृतिक चिकित्सालयमा लैजाने तयारी भएको छ ।









