• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवन जिल्लामा महोत्सवै महोत्सव :आर्थिक चलायमान हुने अपेक्षा

  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
  • फाइल फोटो
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म नौ दिन हुनेछ । यस्तै थारु समुदायको कला संस्कृति जगेर्ना गर्न प्रत्येक वर्ष गरिँदै आएको खिचरा महोत्सव थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले पुस २९ गतेबाट माघ ९ गतेसम्म हुनेछ ।

    खैरहनी नगरपालिका–५ जनकौलीस्थित गौचरनमा महोत्सव हुनेछ । यस्तै उद्योग वाणिज्य सङ्घ खैरहनीको आयोजनामा पुस २८ देखि माघ ८ गतेसम्म खैरहनी महोत्सव हुनेछ । खैरहनीको लदरी खोला किनारमा महोत्सव आयोजना गरिँदै छ । चौधौँ संस्करणको चितवन महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चिवनका अध्यक्ष चुमनारायण श्रेष्ठले यस वर्षको महोत्सव विगतको भन्दा परिस्कृत हुने बताउनुभयो । उहाँका अनुसार महोत्सवमा झण्डै पाँच सय स्टलमा स्वदेशी र विदेशी उत्पादनको प्रदर्शनी र बिक्री हुनेछ । सात लाख हाराहारीले अवलोकन गर्ने लक्ष्य लिएको महोत्सवमा दैनिक आर्थिकसम्बन्धी गोष्ठी हुने छन् ।

    विभिन्न धर्म, संस्कृति र पर्यटन प्रवद्र्धनमा समेत महोत्सव केन्द्रित हुनेछ सँगै रहेको नारायणी नदीमा जलक्रिडाको व्यवस्था गरिँदै छ । विसं २०७० बाट सुरु भएको खिचरा महोत्सव थारु समुदायको नयाँ वर्षको अवसर पारेर आयोजना गरिँदै आएको छ । माघ १ गतेलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । महोत्सव आयोजक मूल समारोह समितिमा संयोजक कृष्णलाल चौधरीका अनुसार ‘राष्ट्रिय एकता र विविधता हाम्रो सान । बहुजाति भाषा संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ हुन लागेको हो ।

    महोत्सवमा थारु लगायत विभिन्न जातजातिका परम्परागत भेषाभुषाा सहित संस्कृतिक प्रस्तुती, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, थारु समुदायको विशेष परिकार, थारु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र व्यवस्थापन गर्ने, होमस्टे संरक्षण र प्रवद्र्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सवले सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो । महोत्सवमा एक सय ३० वटा स्टल रहने छन् । रु ५५ लाखको खर्चमा हुन लागेको महोत्सवमा ५० हजार दर्शकले अवलाकन गर्ने अनुमान गरिएको छ ।

    यस्तै खैरहनी महोत्सव तीन सय स्टल रहनेछन् । आयोजक समितिका संयोजक एवं खैरहनी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपेन श्रेष्ठका अनुसार यो दोस्रो संस्करणको महोत्सव हो । यसअघि विसं २०७५ मा महोत्सव आयोजना गरिएको थियो । हरेक दुई दुई वर्षमा गर्ने योजना भए पनि कोभिडका विगतका वर्षहरुमा महोत्सव हुन सकेको थिएन । खिचरा महोत्सव त्यसै समयमा परेकाले एक दुई दिन तलमाथि हुन सक्ने गरी तयारी गरिएको छ । यस वर्ष महोत्सवमा विगतको भन्दा फरक ढङ्गले लदरी खोलालाई थुनेर पानीमा हुने गतिविधि सञ्चालन गरिने उहाँले बताउनुभयो । महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

    उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले महोत्सवमा स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यस्ता महोत्सवले आर्थिक चलायमान गराउँछ ।” उद्योग वाणिज्य सङ्घ चितवका पूर्वअध्यक्ष राजन गौतमले महोत्सव हाटबजारजस्तो हुन नहुने बताउँदै अर्थतन्त्रलाई चलायमान हुनसक्ने गरी व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो ।

    • mahotsab

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.