• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेपालमा कुल ऊर्जा खपतको ३ प्रतिशत नवीकरणीय ऊर्जाले ओगट्यो

  •   आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपालमा हालको कुल ऊर्जा खपतको ३ प्रतिशत नवीकरणीय ऊर्जाले ओगटेको छ । तर, जलविद्युत आयोजनाहरूलाई समेत समेट्दा नवीकरणीय ऊर्जा प्रयोग कुल ऊर्जा खपतको ८ प्रतिशत हुने सरोकारवालाहरूले बताएका छन् । नेपालको ऊर्जा प्रयोगमा करिब ६५ प्रतिशत जैविक ऊर्जा र २७ प्रतिशत आयातित खनिज इन्धन रहेको छ । विगत १० वर्षमा नेपालमा खनिज इन्धनको प्रयोग डरलाग्दो रूपमा बढेको छ । खनिज इन्धनको उच्च प्रयोगले देशको आर्थिक भार बढेको छ ।

    गत आर्थिक वर्षमा मात्रै नेपालमा नेपाली रुपैयाँ ३.८३ खर्ब बराबरको खनिज इन्धन आयात गरिएको थियो, जुन नेपाल सरकारको गत वर्षको वार्षिक बजेटको २३ प्रतिशत रहेको छ । नवीकरणीय ऊर्जाको उत्पादन र उपयोगलाई बढोत्तरी गर्न राष्ट्रिय अभियान जरुरी छ । नेपालले जलविद्युत र सौर्य ऊर्जा प्रयोग बढाउने नीति अगाडि सारेको छ । हाल जलविद्युत, सौर्य, को-जेनरेस) र अफ ग्रीड उर्जाबाट कुल २३ सय ७७ मेगावाट विद्युत उत्पादन गरिरहेको नेपालले सन् २०३० सम्ममा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

    जसमा १० देखि १५ प्रतिशत लघु जलविद्युत, सौर्य ऊर्जा, वायु उर्जा जस्ता नवीकरणीय ऊर्जा रहने छ । साथै विद्युतीय सवारी साधन र विद्युतीय चुल्होलाई प्राथमिकीकरण र प्रर्बद्धन गर्दै उत्पादित नवीकरणीय ऊर्जाको उपयोग बढाउने योजना पनि रहेको छ । नवीकरणीय ऊर्जा, ऊर्जा मिश्रण र ऊर्जा रूपान्तरणमा नेपाल सरकारले चालेका कदमहरू स्वातगयोग्य रहेको प्रकृति रिर्सोसेस् सेन्टरका कार्यक्रम निर्देशक राजु पण्डित बताउँछन् ।

    काठमाडौंमा ‘१०० प्रतिशत नवकरणीय ऊर्जाः नीति,अभ्यास र अनुभव’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् । नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग सँगसँगै खनिज इन्धन प्रतिस्थापनको योजना पनि निर्धारण गर्नुपर्ने धारणा राख्दै पण्डित ‘नेपालले सन् २०५० सम्ममा खनिज ऊर्जाको प्रयोगलाई नवीकरणीय ऊर्जाले शतप्रतिशत प्रतिस्थापन गर्ने लक्ष्य निर्धारण गर्नु पर्ने’ बताउँछन् । सम्मेलनमा ऊर्जाविद्हरूले नेपाल सरकारले सन् २०४५ सम्ममा कार्बन उत्र्सजनलाई शून्यमा (नेट कार्बन उत्सर्जन शून्य) झार्ने लक्ष्य लिएको र त्यो लक्ष्यलाई हासिल गर्न लागि सम्पूर्ण सरोकारवालाहरूले ऐक्यबद्ध भएर काम गर्नु जरुरी बताए ।

    ‘१०० % नवकरणीय उर्जाः नीति, अभ्यास र अनुभव’ अन्तर्राष्ट्रिय सम्मेलन यही राष्ट्रिय लक्ष्यलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको पण्डितले बताए । सम्मेलनमा संघीय, प्रादेशिक, र स्थानीय सरकारका ऊर्जा सम्बद्ध सरोकारवाला निकायहरू, निजी क्षेत्र, बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय÷राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूसँगै दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अफ्रीका र युरोपका १६ देशहरूबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

    सम्मेलनमा सहभागी हुने विज्ञ प्रतिनिधिहरू सम्बन्धित देशका सरकारी प्रतिनिधि, नवकरणीय ऊर्जाका क्षेत्रमा कार्यरत प्राविधिक व्यक्तित्व, विश्वविद्यालयका प्राध्यापक र ऊर्जा सम्बद्ध सरोकारवालाहरूहुन । सम्मेलनमा कुल ७० जना सहभागिहरूको सहभागिता रहेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.