चितवन । पुरानो मेडिकल कलेजमा उपचरका क्रममा मृत्यु भएका हेटौडा उपमहानगरपालिकाका एक पुरुष्मा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ तीन गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षिय वृद्धको बिहीबार राती मृत्यु भएको थियो । उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको छ । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।








