• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

कुखुरा पालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

  •   मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । देशको अर्थतन्त्रमा चार प्रतिशत योगदान पु¥याउँदै आएको नेपालको कुखुरा पालन व्यवसाय बचाउन निजी क्षेत्रले सक्रियता बढाएको छ । कुखुरा पालन व्यवसायी धरासायी बन्ने अवस्थामा पुगेपछि व्यवसायीले सक्रियता देखाएका हुन् ।

    अण्डा, मासु र चल्लाको मूल्य लागतभन्दा निकै सस्तोमा बिक्री गर्नु परेपछि अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन् । धेरैले बैंकको ऋण तिर्न सकेका छैनन् भने कतिपयको व्यवसाय नै बन्द भएको छ । बैंकहरुले लिलामीको सूचना निकाल्ने क्रम समेत शुरु भएको छ ।

    व्यवसायीको भनाईमा विगत दुई वर्ष यता अत्याधिक बढेको कच्चा पदार्थको मूल्य र बैंकको उच्च व्याजदरका कारण व्यवसायी थला परेको हो । यससँगै उत्पादित वस्तुले लागत मूल्य समेत नपाएपछि व्यवसायमा समस्या देखापरेको छ ।

    नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार व्यवसाय जोगाउन मुस्किल अवस्थामा पुगेपछि देशभरका ठूला व्यवसायी संगठित भएर अभियानकै रुपमा निजी क्षेत्रले काम थालेको छ । काठमाण्डौं र वीरगञ्जमा कार्यालय नै खोलेर बजारीकरण व्यवस्थित गर्ने काम शुरु गरिएको छ । अन्य शहरहरुमा पनि कार्यालय स्थापना गरी व्यवसायीहरुलाई सहयोग गरिंदैछ ।

    व्यवसायीहरुको बीचमा सहमति, सहकार्य र एकता कायम गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन सक्रिय भएको उहाँले बताउनुभयो ।

    संघका महासचिव शोभाकान्त ढकालका अनुसार १० वर्ष पहिले एक क्रेट (३० वटा) अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँदै आएको थियो । अहिले पनि कहिलेकाहीं त्योभन्दा तल अण्डाको मूल्य पुग्ने गरेको छ । उहाँले भन्नुभयो “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।”

    निजी क्षेत्रको सक्रियतासँगै खपत बढेपछि अहिले अण्डाको मूल्य प्रतिक्रेट रु.३६० पुगेको छ । ढकालको भनाईमा अहिलेको लागत मूल्य प्रतिक्रेट रु.४५० हाराहारी छ ।

    पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने उत्पादक र सप्लायर्सबीचमा समझेदारी कायम गर्दै बजारलाई व्यवस्थित गर्नुपर्ने बताउनुहुन्छ । सरकारले समयमा सम्बोधन नगरेमा व्यवसाय समाप्त हुने उहाँको भनाई छ ।

    औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँ बताउनुहुन्छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ रहेको थियो ।

    हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी सङ्गठित भएर अघि बढेका हुन् । पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताउनुभयो । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन् ।

    राज्यतहबाट हस्तक्षेप गर्न नसके पोल्ट्री व्यवसाय सिद्धिन्छ : कृषि सचिव पाण्डे

    बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.शरण पाण्डेले समयमै सरकारले पोल्ट्री व्यवसायलाई सम्बोधन गर्न नसके व्यवसाय समाप्त हुने अवस्थामा पुगेको बताउनु भएको छ । १० औं राष्ट्रिय पोल्ट्री दिवसलाई सप्ताहव्यापी कार्यक्रम गरी मनाईरहेको सचिव पाण्डेले आत्मनिर्भर व्यवसाय बचाउनु राज्यको दायित्व भएको बताउनुभयो ।

    सरकारले सम्बोधन गर्न नसकेको स्वीकार्दै उहाँले प्रदेश सरकारको मन्त्रीपरिषद्ले अध्यादेश पास गरेर प्रदेश प्रमुखकोमा प्रमाणिकरणका लागि पु¥याएको पोल्ट्री विकास बोर्ड तत्काल गठन गरी काम गर्नुपर्ने बताउनुभयो ।

    खाद्य पोषण सुरक्षाको महत्वपूर्ण श्रोत पोल्ट्री भएको भन्दै उहाँले यसलाई बचाउन सरकार र निजी क्षेत्र मिलेर लाग्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले न्यूनतम समर्थन मूल्य तोक्ने कार्ययोजना तयार गरेको उहाँको भनाई छ ।

    अध्यादेश मार्फत् क्षेत्रपूर्ति दिईएको भन्दै उहाँले उत्पादन र बिक्रीको सन्तुलन मिलाउन सरकारसँग अनुमति लिएर काम गर्नुपर्ने उहाँको भनाई छ । सरकारले मूल्य निर्धारण, गुणस्तर नियमन, रोकको नियन्त्रण, क्षतिपूर्तिको प्रत्याभूमि, बोर्ड गठन गरेर गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

    अहिलेसम्म कुखुराको दानाको अनुमतिपत्र र नियमित खाद्य मार्फत् हुँदै आएको छ । यसलाई प्रदेश सरकार मार्फत् गरिनु पर्ने उहाँ बताउनुहुन्छ । नेपालको पोल्ट्री व्यवसाय धरासायी बन्दै गएपछि भारतीय सीमा क्षेत्रमा मासु राख्न चिस्यान केन्द्र स्थापना गर्न थालिएको छ । उहाँले यसरी नै अघि बढेमा यहाँको पोल्ट्री क्षेत्र समाप्त हुन समय नलाग्ने बताउनुभयो ।

    कुखुरामा देखिएको रोग, अनियन्त्रित ओसारपसार, सरकारी र निजी क्षेत्रको समन्वयको अभाव, नीतिगत प्रष्टताको अभाव, राज्यको प्रतिबद्धताको कमी, पोल्ट्री बोर्ड गठनमा ढिलाई लगायतका कारण व्यवसाय कमजोर बनेको उहाँको भनाई छ ।

    देशमा खपत हुन सक्ने जति मात्रै उत्पादन गर्ने गरी यस क्षेत्रमा लगानीका लागि राज्यको तर्फबाट नियमित गरिनु पर्ने उहाँ बताउनुहुन्छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.