चितवन । चितवनमा सोमबार थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर–१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा आइतबार गरिएको परीक्षणमा चितवनका १४ जना सहित २० जनामा कोरोना देखिएको हो। संक्रमीत मध्य सबैभन्दा धेरै भरतपुरका छन्। भरतपुरका मात्रै १३ जनामा संक्रमण देखिएको छ भने खैरहनिका १ जनामा संक्रमण देखिएको छ। चितवन बाहेक मकवानपुरका १ जना,नवलपुरको ३ जना, बाराको १ जना र गोर्खाको १ जनामा कोरोना देखिएको छ।










