• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नेपालीले बनाउँंदै जर्मन प्रविधिको होफम्यान क्लिन

  •   बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । सामान्य इँटाभटाको इटा पोल्ने स्ट्रक्चर पनि अहिलेसम्म विशेष गरेर भारतको विहारबाट आएका छन् । तर पोखराको पोल्याङमा नेपाली स्वयंले विशेष प्रकारको इँटा पोल्ने प्रविधि होफम्यान क्लिन बनाएका छन् । झण्डै ४० वर्ष अगाडि भक्तपुरको चाइनिज इँटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इँटा तथा टायल कारखानामा जस्तै इँटा पाल्ने प्रविधिको निर्माण नेपालीहरू स्वयंबाट सफल भएको हो । पोखराको पोल्याङको एक रोपनी क्षेत्रमा यो काम झण्डै एक सय वर्षदेखि भइरहेको छ ।

    झण्डै ३० करोडको लगानीमा ५० नेपाली कामदार यो काममा खटिरहेका छन् । निर्माण कार्य झण्डै ८० प्रतिशत सकिएको जनाइएको छ । पोखरा इको रेड ब्रिक्स प्रालिले नेपालमा जर्मन होफम्यान प्रविधिबाट इटा उत्पादनका लागि यो काम गराइरहेको हो । पोखरा इको रेड ब्रिक्स प्रालिका प्रोपाइटर इन्जिनियर कृष्णभक्त दुवालले सामान्य इँटाभटा नै भारतको विहारीहरुले गराउनुपरिरहेको बेला अत्याधुनिक प्रविधिको इँटाभटा नेपालीले नै बनाइरहेको बताए ।

    ‘सामान्य इँटाभटा फोर्स डग नै विहारीबाट गराउनु परिरहेको बेला नेपालीहरुबाटै हामीले पोखरामा जर्मन प्रविधिमा आधारित होफम्यान क्लिन प्रविधिबाट इँटा पोल्न आधुनिक भट्टाको निर्माण गराइरहेका छौं,’ इन्जिनियर दुवालले भने, ‘५० नेपालीहरुबाट झण्डै एकवर्षदेखि हामीले यो काम गराइरहेका छौं र यो सम्पन्न हुने क्रममा पुगेको छ ।’ विगत ४९ वर्षदेखि यो क्षेत्रमा कार्यरत बंगलादेशी विज्ञ परामर्शदाता पारिमल दासको परामर्शमा यो काम भइरहेको जनाइएको छ ।

    यो प्रविधिको विकास सर्वप्रथम जर्मन वैज्ञानिक फ्रेडरिच होफम्यानले सन् १८५८ मा गरेको जनाइएको छ । उर्जा किफायती र वातावरणमैत्री हुने भएकाले इटा पोल्नका लागि नयाँं प्रविधिको इँटाभटा सञ्चालन गर्ने योजना अनुसार आफूहरु कार्यरत रहेको दुवालले जानकारी दिए । अहिले इँटाभटाको धुवाको कारण वातावरण प्रदूषण भयो भनेर तीव्र आलोचना भएकाले नयाँं प्रविधिको इँटाभटा सञ्चालन योजनाका साथ आफूहरुले काम गरिरहेको दुवालले जानकारी गराए । यो प्रविधिबाट इँटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्ने गर्दछ । मेसिनले इँटा पाेल्नेदेखि इँटा निकाल्नेसम्मको सबै काम गर्ने जनाइएको छ ।

    अहिले नेपालमा इँटा पार्ने काम मानिसबाट हुने गर्छ ।यो प्रविधिबाट इटा उत्पादन गर्दा १२औं महिना कारखाना सञ्चालन हुने गर्दछ । इँटाको बढ्दो मागलाई ध्यानमा राखी प्रालिले यस्तो उत्पादन थाल्न लागेको जनाएको छ । इँटा घाममा राखेर नभई आफैं सुक्ने बनाइने भएकाले यो प्रविधिबाट वर्षाको सिजनमा पनि इटा बनाउन सकिने भएको हो । अन्य सामान्य इँटाभट्टाहरू वर्षमा ६ महिना मात्रै चल्ने गर्दछन् । प्रत्येक वर्ष मंसिरमा सुरु भई चैत वैशाख महिनामा उद्योग बन्द हुने गर्दछन् ।

    असारमा पानी पर्ने भएकाले त्यस्ता उद्योग अस्थायी रूपमा ६ महिना चल्ने र ६ महिना बन्द हुने गर्दछन् । नेपालमा पहिलादेखि चल्दै आएका यस प्रविधिमा आधारित दुईवटा चाइनिज इँटा उद्योग थिए । तर यी दुवै भक्तपुर इँटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इँटा तथा टायल उद्योग अहिले बन्द भइसकेका छन् । तर पनि भक्तपुरको इटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.