काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडिवाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








