तनहुँ । तनहुँको थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनिहरु सबै जना भानु नगरपालिकाका रहेका हुन। आज विहान गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले प्रेस विज्ञप्ती जारी गर्दै तनहुँको ४ जना महिला र २ जना पुरुष गरि ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो। प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा भानु नगरपालिकाका वडा नम्वर १ का ४६ र ४३ वर्षको पुरुष र ४५, ५२, १७ र २५ वर्षको महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ। उनिहरुको कन्ट्याक्ट ट्रेसिङको आधारमा कोरोना भाइरस परिक्षण गरिएको थियो। संक्रमित सबैलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।








