सांकेतिक तस्विर
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। ५ स्थित घुमाउनेमा झाडापखालाको प्रकोप बढेको पाईएको छ। तिन दिन देखि झाडापखालाको बिरामीहरु बढ्दै गएको हो। झाडापखालाको कारण ८–९ जना बिरामी परेको वडाध्यक्ष पञ्च बहाद गुरुङ्गले बताउनुभयो। झाडापखालाका कारण वडा नं। ६ का वडाध्यक्ष सुनाराम गुरुङ सहित परिवार कै ४ जना बिरामी परेका छन्। यस्तै झाडापखालाको विरामी बढेको खबर आएपछि उक्त स्थानमा आज स्वास्थकर्मीको एक टोली त्यता जान लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो।








