• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गुल्मीको धार्मिक एवंं ऐतिहासिक महत्व बोकेको मालिका मन्दिर

  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गुल्मी । धार्मिक एवंं ऐतिहासिक स्थान यस मन्दिरको महत्व थप रोचक छ । गुल्मीको मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घास्थित रहेको यस मन्दिरको रोचक पनि भनेको यहाँ बर माग्दा चिच्याएर माग्नु पर्छ । नेपालको उच्च कोटीमा रहेका धार्मिकस्थलमध्ये बेग्लै महिमा र पहिचान भएकै कारण यहाँ विशेष पर्वहरुमा श्रद्धालुहरुको ठूलो घुइँचो लाग्ने गर्दछ ।

    यस मन्दिरमा दर्शन एवं पूजाआजाका लागि गुल्मीलगायत अर्घाखाँची, बाग्लुङ, प्यूठान, बुटवललगायत काठमाडौँका मानिसहरू आउने गर्दछन् । मालिका मन्दिरमा बर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पुग्दछ भन्ने जनविश्वास छ । मालिका भगवतीले कान कम सुन्ने भएका कारण यहाँ बर माग्दा चिच्याएर बर माग्नुपर्ने प्रचलन रहेको छ । यस मन्दिरमा कुनै पनि वर मागी भाकल गरेपछि मनोकामना पूरा हुने विश्वासले गर्दा मन्दिर जाने जो कोहीले पनि भाकल गरेपछि परेवा उडाउने र बलि दिने प्रचलन छ ।

    यहाँ आउने भक्तजनहरूले भिन्नभिन्न प्रकारका वर माग्दछन् । कोही वैदेशिक रोजगारमा जान पाऊँ, कोही विदेशी सेनामा भर्ती हुन पाऊँ, जागिर खान पाऊँ, लोकसेवा पास गर्न पाऊँ, सन्तान नभएको भए चाँडै सन्तान जन्मियोस् जस्ता अनेकौँ वर माग्ने गरेको सुनिँदै आएको छ । मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल यस मन्दिरको थप आकर्षक बनेको छ । सानो पानीको कुण्डमा तैरिरहेका रङ्गीबिरङ्गी माछाको दृश्यले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउँछ छ ।

    यहाँ बैकुण्ठ चतुर्दशी एवं कार्तिक शुक्ल चतुर्दशीको दिन हजारौँ मानिसहरुको घुइँचो लाग्ने गर्दथ्यो । तर आजभोलि यो क्रम बिस्तारै बिस्तारै कम हुँदै जान थालेको मन्दिर व्यवस्थापन समितिका सञ्चालक ज्ञानहरि सापकोटा बताउँछन् । यसको उत्पत्ति जानकारहरूका अनुसार आजभन्दा करिब पाँच हजार वर्षअगाडि भएको भन्ने किंवदन्ती छ । हालको मालिका क्षेत्रमा किम्मु, वर र सिमलका रूखहरु रहेको र तिनै रूखको फंदमा माल्या श्री नामका ऋषिले तपस्या गरेको भन्ने भनाइ छ ।

    वनजङ्गल प्रशस्त भएका कारण त्यहाँ जङ्गली जनावरहरू र चराचुरुङ्गीको बासस्थान रहेको थियो । त्यसैको नजिकै पानीको मुहान रहेकामा कालान्तरमा उक्त मूल सुकेपछि पानीको अभावमा वन्यजन्तु र जीवजन्तुहरू छट्पटाउन थालेका छन् । पानीको हाहाकार भएपछि त्यसै समयमा देवी प्रकट भएर वरदान माग्नभन्दा माल्या श्री ऋषिले पानीको अभावले प्राणीहरूले दुःख पाएको पुकार गरेपछि देवी मालिका भगवती प्रसन्न भएर मन्दिर परिसरमा जलकुण्ड निकाली जीवन रक्षा गरेको भन्ने पौराणिक मान्यता छ ।

    अर्कोतर्फ श्री स्वस्थानी व्रत कथामा पनि शक्ति पीठका रुपमा मालिकाको वर्णन गरिएको पाइन्छ । सायद त्यसै भएर होला श्रावण र माघमा यहाँ बलि दिने चलन छैन । पर्यटकीय दृष्टिकोणले पनि यस मन्दिर महत्वपूर्ण स्थानमा रहेको छ । मन्दिर नजिकै रहेको स्वाँरा होमस्टे पनि छ । तर सडकको राम्रो व्यवस्था हुन नसक्दा कतिपय मानिसहरू चाहेर पनि त्यहाँ पुग्नका लागि खासै रुचि देखाउँदैनन् । स्थानीय पालिकाले मन्दिर व्यवस्थापनका लागि केही सहयोग गरे पनि उक्त सहयोग पर्याप्त भने छैन ।

    यस्ता प्रकारका धार्मिक एवं पर्यटकीय स्थलहरूको संरक्षण, संवद्र्धन र विकासका लागि प्रदेश एवं सङ्घीय सरहकारको समयमै ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ । इम्फो नेपालबाट

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.