• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

शान्ति सुरक्षामा कमी हुन दिइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

  •   बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पूर्णरुपमा प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि कमी हुन नदिने दृढता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति सुरक्षा खलबल्याउने काममा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने बताउनुभयो ।

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि झापा जाने क्रममा केही व्यक्तिले अनाधिकृत गतिविधि गरेको भन्दै एमालेका सांसद पदम गिरीले गृहमन्त्रीको ध्यानाकर्षण गराएपछि उपप्रधानमन्त्री श्रेष्ठले शान्ति सुरक्षाको सवालमा कुनै पनि तलमाथि हुन नदिइने उल्लेख गर्नुभयो । शान्तिपूर्णरुपमा आफ्ना गतिविधि गर्न तथा धारणा राख्न हरेक नागरिक स्वतन्त्र भए पनि गैरकानुनी गतिविधि गर्ने छुट कोही कसैलाई पनि नभएको उहाँको भनाइ छ ।

    यस्तै, काठमाडौँको कपनमा भाडा पसल गर्दै आउनुभएकी निरा पाण्डेको हत्याको प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । पाण्डेको हत्या भएको धेरै दिन बित्दासमेत सत्यतथ्य पत्ता नलागेको भन्दै नेपाली कांग्रेसका सांसद गगन थापालगायतले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले अनुसन्धानको प्रक्रियालाई गम्भीररुपमा अगाडि बढाइएको र सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनको कठघरामा ल्याउन कुनै पनि कसर बाँकी नराखिने बताउनुभयो ।

    ‘मिटरब्याजी पीडितको समस्या समाधान हुन्छ’ यस्तै, गृहमन्त्री श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले कानुन निर्माणको कामलाई युद्धस्तरमा अगाडि बढाएको जानकारी दिनुभयो । पीडितसँगको सहमतिअनुसार नै सरकारले छिट्टै विधेयक ल्याउने र यो समस्यालाई सदाका लागि समाधान गर्ने विश्वास दिलाउनुभयो । उहाँले गैरकानुनीरुपमा कोही कसैको चलअचल सम्पत्ति कब्जा गर्न नपाइने उल्लेख गर्दै सरकारले गठन गरेको आयोगले हरेक पीडितको बारेमा जानकारी राखेर आवश्यक कारबाही अगाडि बढाउने बताउनुभयो ।

    मिटरब्याजीको गैरकानुनी सम्पत्तिको स्रोत खोजिने र सम्पत्ति शुद्धीकरण कानुनअनुसार पनि छानबिन गरिने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सामन्तवादको अवशेषको रुपमा रहेको यो समस्यालाई यस पटक हर हालतमा समाधान गरेरै छाडिने दृढता व्यक्त गर्नुभयो । गृहमन्त्री श्रेष्ठले सामाजिक न्यायसहितको प्रक्रियालाई अगाडि बढाउन र सहजरुपमा गरिब तथा आर्थिकरुपमा कमजोर वर्गले ऋण लिन पाउने एवं आर्थिक गतिविधि गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

    उहाँले केही दिन पहिले मिटरब्याज पीडितमाथि प्रहरीले बल प्रयोग गर्दा केही आन्दोलनकारी घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । नागरिकताविहीन नागरिकलाई सहजरुपमा नागरिकता उपलब्ध गराउने काममा कुनै ढिलाइ नगर्ने बताउनुभयो । उहाँले नागरिकताका विषयमा सिङ्गो देश र सदन एकमत हुनुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री श्रेष्ठले यस विषयमा मतैक्य हुनुपर्ने र राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा राख्नुभयो । शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिन सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.