• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

चलचित्र नरम शक्तिको अङ्ग हो’ : नेता भीम रावल

  •   बुधबार, बैशाख २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौ । नेकपा (एमाल)ेका नेता भीम रावलले चलचित्र र मनोरञ्जन जनताको मौलिक अधिकार रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नरम शक्तिका रुपमा चलचित्र, साहित्य र कलालगायत रहेका छन् भन्नुभयो ।

    “नरम शक्तिको महत्वपूर्ण अङ्ग चलचित्र हो । अन्य देशमा चलचित्रको माध्यममा धारणा निर्माण हुने गरेको छ । हामी कहाँ चलचित्र प्रदर्शनमै सास्ती भोगेको सुनिन्छ । यस्तो हुनु नरम शक्तिलाई समाप्त पार्नु हो”, नेता रावलले भन्नुभयो, “साहित्य, चलचित्रले देशको जिम्मेवार व्यक्तिलाई सजग गराउने हो । यस्ता चलचित्रलाई राज्यले सघाउनु पर्छ ।”
    चलचित्रका निर्माता तथा निर्देशक नवल खड्काले सार्वभौमसत्ता, सीमा मिचिएकोदेखि सीमा व्यवस्थित गर्ने सन्दर्भ चलचित्रमार्फत उठान गरेको बताउनुभयो । “हामीलाई सहयोग गर्ने विषयमा नै सास्ती भोगिरहेका छौँ । पछि हट्दैनौँ बरु अदालत जान्छौँ”, उहाँले भन्नुभयो ।

    चलचित्रमा निर्देशक खड्कासँगै सुरविना कार्की, गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बू, पुष्पा श्रेष्ठ, रवि शाह लगयतका कलाकारले अभिनय गर्नुभएको छ ।

    ‘निर्माणमा असफल हुँदा निर्देशनमा सफल भए’ ः निर्देशक रिनाशा राई राणा

    नृत्य निर्देशक हुँदै चलचित्र निर्देशक बन्नुभएकी रिनाशा राई राणा निर्देशित पहिलो चलचित्र ‘इन्टू मिन्टू लन्डनमा’ व्यावसायिक रूपमा सफल भयो । यद्यपि उहाँ निर्देशित दोस्रो चलचित्र ‘ज्याकी ः आई एम ट्वान्टी वान’ को व्यापार निकै न्यून छ । गत वैशाख २१ देखि प्रदर्शनरत चलचित्र व्यावसायिक रूपमा असफल भएको निर्देशक राणाले नै अन्तर्वार्तामा स्वीकार गर्नुभएको छ ।

    “चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ । यद्यपि व्यापारिक रूपमा सफल हुन् सकेका छैनौँ । तर दर्शककै सिफारिसमा चलचित्र भवनमा भीड बढ्ने विश्वास छ”, निर्देशक राणाले भन्नुभयो । उहाँ चलचित्रभन्दा बाहिरको मान्छेबाट समेत सकारात्मक प्रतिक्रया पाइरहँदा दर्शकको उपस्थिति नहुँदा आश्चर्य चकित हुनुहुन्छ । उहाँले पहिलो चलचित्रले व्यापारिक रूपमा मुनाफा दिएता पनि निर्देशकलाई सन्तुष्ट पार्ने दोस्रो चलचित्र रहेको बताउनुभयो । यद्यपि ‘ज्याकी ः आई एम ट्वान्टी वान’ समीक्षा पनि राम्रो पाएको छैन । “चलचित्र आइरहेको भन्दा फरक छ । दर्शकलाई नयाँपन मन पर्छ भन्नेमा विश्वस्त थियौँ । अहिले समय ठीक भएन कि भन्ने पनि लागिरहेको छ”, निर्देशक राणाले भन्नुभयो । चलचित्रमा आफ्नो पात्रका लागि कलाकारद्वय धिरज मगर र जसिता गुरुङले दुई वर्ष नृत्यको प्रशिक्षण लिनुभयो ।

    “चलचित्र भवनमा आइपुग्नुभएका दर्शकले मेहनत बुझ्नुभएको छ । यद्यपि दर्शकको भीड नदेखिँदा दुःख भने लागेको छ”, अभिनेता मगरले भन्नुभयो । यद्यपि उहाँ नेपालको नृत्यमा आधारित चलचित्रका रूपमा परिचित भएकामा सन्तुष्ट हुनुहुन्छ ।

    अभिनेत्री गुरुङले नयाँ विषयलाई दर्शकसम्म पु¥याउँदा यस्तो भएको हुन् सक्ने बताउनुभयो । “एउटा पात्रलाई जीवन्त बनाउन हामीले गरेको मेहनत हेर्न दर्शक नआउँदा दुःख त लागेको छ । नेपाली चलचित्रमै परम्परागतभन्दा फरक रहेको यो निर्माण भएको छ”, अभिनेत्री गुरुङले भन्नुभयो । चलचित्रमा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डङ्गोल, राजु भुजु, सुजता राईलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.