• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

गणतन्त्र कार्यान्वयनको पक्ष फितलोः शहीद परिवार

  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवनः गणतन्त्र प्राप्तीपछि आम नागरिकले गरेको अपेक्षा अनुसार काम अझै हुन नसकेको शहीद परिवारले गुनासो गरेका छन् । आफ्ना परिवारका सदस्यले परिवर्तनका लागि गरेको त्यागको प्राप्त आम नेपालीले पाउनु पर्ने उनीहरुको भनाई छ । परिवारले जस्तोसुकै पीडा भोग्नु परेको भएपनि देशको परिवर्तन मूल उद्देश्य हुनुपर्नेमा उनीहरुको जोड छ ।

    द्वन्द्वकालमा श्रीमान् गुमाउनु भएकी भरतपुर महानगरपालिका वडा नं. २० की संगीता भट्टराई आफ्ना पतिले निजी स्वार्थका लागि नभएर गणतन्त्र प्राप्तीका लागि बलिदानी दिएको बताउनुभयो । गणतन्त्र जुन उद्देश्यका साथ स्थापना भएको छ त्यो अनुसार कार्यान्वयन गर्ने पाटोमा अघि नबढेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “देशका बुद्धिजीवि, कर्मचारीहरुको सोचाई अझै पुग्न सकेको छैन । परम्परागत सोचाईका कारण गणतन्त्र कार्यान्वयनमा समस्या छ ।”

    बलिदान दिने परिवारका तर्फबाट अपेक्षा र स्वार्थ केही नभएको भन्दै उहाँले भन्नुभयो “जुन उद्देश्यका साथ गणतन्त्र स्थापना भयो । सामान्य जनताको छोरो पनि देशको शासन गर्ने ठाउँमा पुग्यो ।” आफ्नो भावना, पीडा सबै व्यक्त गरेर गणतन्त्र स्थापना गरेको भन्दै शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएकी भट्टराईले भन्नुभयो “कार्यान्वयन गर्ने निकायहरुले सही ढ्ंगले कार्यान्वयन नगर्दा अपेक्षा गरे अनुसारको कार्यान्वयन हुन सकेन ।” पूर्वी चितवनको वीरेन्द्रनगरकी अरुणा कँडेलले बि.सं २०४६ सालको आन्दोलनमा आफ्नो बुबा गुमाउनु भएको थियो । जुन अपेक्षा अनुसार परिवर्तनका आन्दोलनमा सहभागिता जनाउनु भयो त्यो अहिले नभएको उहाँको गुनासो छ ।

    उहाँले प्रश्न गर्नुभयो “देशमा नै समस्या भईरहेको समयमा अहिले के अपेक्षा पूरा हुने ?” जनताले परिवर्तनको महसुश गर्न नसकेको भन्दै उहाँले अत्यावश्यक वस्तुको माग समेत पूरा गर्न कठिन भएको समयमा गणतन्त्र कार्यान्वयन झन फितलो बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो “कार्यान्वयनको पक्ष बलियो हुन जरुरी रहेको छ । जनताले सहज रुपमा सेवा पाउन सके त्यो कार्यान्वयनमा आउने थियो ।” सशस्त्र द्वन्द्वमा छोरा गुमाउनु भएका माडीका दण्डपाणी पौडेलले गणतन्त्र राजनैतिक परिवर्तन भए पनि आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो ।

    जनताले आज भन्दा भोली झन समस्या झेली रहेको बताउँदै उहाँले भन्नुभयो “अहिले गणतन्त्र कार्यान्वयनका चरणमा राज्यले दायित्व लिएर अघि वढ्नु पर्छ ।” समय अनुकुल परिवर्तनलाई महशुश हुने गरी काम गर्न नसकेको उहाँले बताउनुभयो । माडीकै नरमाया सुनारनीले बाँदरमुढे घटनामा श्रीमान् गुमाउनु भएको छ । उहाँले भन्नुभयो “राज्यले परिवर्तनको अनुभूति दिन सकेन ।”

    पीडितले न्याय पाउन नसकेको भन्दै उहाँले भन्नुभयो “पीडितले न्याय र नागरिकले गणतन्त्रको अनुभूति पाउनुपर्छ ।” आम नागरिकले अनुभूति पाउने गरी काम हुनुपर्नेमा शहीद परिवारको जोड छ । आफ्ना आफन्त गुमाउँदै गर्दाको भन्दा पनि देशमा सोचे जस्तो परिवर्तन नभएका उनीहरुको चिन्ता छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.