• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमण गर्न लागेको छु : प्रधानमन्त्री

  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा राखेर आफूले भारत भ्रमण गर्न लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा यही जेठ १७ गतेदेखि गर्न लागेको भारत भ्रमणका बारेमा जानकारी दिँदै उहाँले मुलुकको राष्ट्रिय हितलाई केन्द्रमा राखेर द्विपक्षीय भेटवार्ता गर्ने र महत्त्वपूर्ण सहमति तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो ।

    उहाँले आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री, अर्थमन्त्री, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल सरकारका सचिवहरू, वरिष्ठ सरकारी अधिकारी सम्मिलित हुनुहुने बताउनुभयो । भ्रमणका क्रममा आपसी हितका विविध पक्षमा छलफल तथा सम्झौताका साथै समझदारीपत्रमा हस्ताक्षर हुने भएकाले सोहीअनुसारको प्रतिनिधिमण्डल तय गरिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

    नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर क्षेत्रगत विज्ञ, पूर्वप्रधानमन्त्री परराष्ट्रमन्त्रीलगायतसँग आफूले छलफल गरेको र सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयास गरेको प्रधानमन्त्रीको भनाइ छ । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

    भ्रमणका क्रममा नेपाल भारत सम्बन्धका विविध पक्षमा महत्त्वपूर्ण छलफल हुने जानकारी दिँदै प्रधानमन्त्रीले द्विपक्षीय व्यापार पारवहन, ऊर्जा व्यापार, अन्तरदेशीय प्रसारण लाइन, बाढी नियन्त्रण, हवाई मार्ग र एकीकृत जाँचचौकी, आन्तरिक कन्टेनर डिपोलगायतका विषयमा समझदारी गरिने बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा भारतसँग मोटरेबल र झोलुङ्गे पुल निर्माणका बारेमा पनि छलफल गर्ने कार्यसूची तय भएको छ । नेपालको हित सुनिश्चित हुने गरी ऊर्जा क्षेत्रमा लगानी भित्र्याउने उद्देश्य राखिएको उहाँको भनाइ छ ।

    जलविद्युत् लगानीका लागि आधार सुनिश्चित गर्ने, बङ्गलादेशमा बिजुली बिक्रीका बारेमा ठोस कुराकानी हुने तथा महाकाली सन्धि भएको लामो समयसम्म पनि अगाडि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिने प्रधानमन्त्रीको भनाइ छ ।

    सीमा समस्यालगायतका कतिपय विषय सम्बोधन गर्न ठोसरूपमा विश्वासको वातावरण बनाउने प्रयास आफूले भ्रमणको क्रममा गर्ने प्रधानमन्त्रीको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरूपमा आयोजना गर्ने नेपाल–भारत बिजनेश समिटलाई सम्बोधन गर्नुका साथै दुवै देशका उद्योगी व्यापारीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुभयो ।

    उहाँले भारतको मध्यप्रदेशको इन्दोर र उज्जैनको भ्रमण गर्ने कार्यक्रमसमेत तय भएको बताउनुभयो । इन्दोरमा स्वच्छ भारत अभियानअन्तर्गतको फोहर प्रशोधन परियोजनाको अवलोकन गर्ने र आइटी पार्कको समेत अवलोकन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.