• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

‘नागरिकता विधेयक प्रमाणीकरणले संसद्को सर्वोच्चता कायम भयो’

  •   बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम ।  राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएपछि सबैभन्दा बढी लाभान्वित हुने मधेस प्रदेशका शीर्ष नेताले संसदीय लोकतन्त्रको मान्यता र संविधानअनुसार संसद्को सर्वोच्चता कायम भएको प्रतिक्रिया दिनुभएको छ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विधेयक प्रमाणीकरणको स्वागत गर्दै बुबा र आमा दुवै जना नेपाली नागरिक भएर पनि सन्तानले वर्षौंदेखि नागरिकता नपाएको समस्या समाधान भएको बताउनुभयो ।

    उहाँले संसद्ले बनाएको कानुन प्रमाणीकरण नहुँदा अड्किरहेको अवस्थामा राष्ट्रपतिले प्रमाणीकरण गरेर ऐतिहासिक काम र संसदीय सर्वोच्चताको रक्षा गरेको बताउनुभयो । “संसद्बाट दुई/दुई पटक पारित भएको विधेयक प्रमाणीकरण गर्नैपर्ने काम थियो तर अहिलेसम्म अड्काएर राखियो । राष्ट्रपतिले मन्त्रिपरिषद्को निर्णयअनुसार संविधानसम्मत काम गर्नुभएको छ । यो खुसीको विषय हो ।

    हामी खुसियाली बनाउँछौँ”, उहाँले रासससँग भन्नुभयो । त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कुनै पनि नागरिक नागरिकताविहीन हुनुहुँदैन भन्ने संविधानको भावना र प्रावधानलाई राष्ट्रपतिले रक्षा गरेको प्रतिक्रिया दिनुभयो । उहाँले नागरिकताविहीन जनता र आफ्नो पार्टीले वर्षौंदेखि उठाइरहेको आवाज सम्बोधन गरेकामा राष्ट्रपतिलाई विशेष धन्यवाद दिनुभयो ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले संविधानले दिएको अधिकार कानुनको अभावमा वर्षौंदेखि कुण्ठित रहेकामा राष्ट्रपतिले त्यसको सुनुवाइ गरेको बताउनुभयो । “संविधानले नागरिकता दिने भने पनि कानुनको अभावमा वर्षौंदेखि लाखौँ नागरिकले नागरिकता पाउन सकेनन् ।

    जसका कारण नागरिकताविहीनहरुले अध्ययन, रोजगार, उद्यमशीलता, सम्पत्ति आर्जनलगायत हरेक क्षेत्रमा अवरोध सामना गर्नुपर्‍याे”, ठाकुरले भन्नुभयो, “हाम्रो पार्टीले पनि नागरिकता समस्या समाधानका लागि विगतदेखि नै दबाब दिँदै आएको थियो । ठिलो गरी भए पनि यो प्रमाणीकरण भएको छ । यसलाई राजनीतिक विषय नबनाएर सबैले स्वागत गर्नुपर्छ ।” राष्ट्रपति रामचन्द्र पौडेलले आज मात्रै नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गर्नुभएको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.