• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनुपर्छ: महासचिव चापागाईं

  •   बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।  रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी० को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन एकजुट हुन आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, “सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन सबैको सहकार्य र एकता आवश्यक छ । विपद् पूर्वगतिविधि र विपद् पूर्वजानकारीले समुदायलाई सुरक्षित बनाउन सहयोग गर्छ ।”

    मङ्गलबारदेखि सुरु भएको तीनदिने पूर्वानुमानसम्बन्धी सातौँ एसिया–प्रशान्त महासागर क्षेत्रीय संवाद मञ्चको बैठकलाई भिडियो सम्बोधन गर्दै महासचिव चापागाईंले जलवायु परिवर्तनले हुन सक्ने विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनु पर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “पूर्वानुमानमा आधारित पूर्वकार्यलाई आइएफआरसीले एक सय ९१ देशमा कार्यान्वयनमा गरिराखेको छ ।” उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो बैठकको उद्घाटन गर्नुभएको थियो ।

    सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले प्रकोप हुनुपूर्वका तयारीले समुदायलाई उत्थानशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “ जलवायु परिवर्तनले उत्पन्न गर्न सक्ने एवम् प्राकृतिक रुपमा हुन सक्ने विपद्को जोखिमलाई न्यूनीकरण गर्न आवश्यक नीति सुधारमा प्राधिकरणले जोड दिएको छ ।” नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले पूर्वानुमानमा आधारित पूर्वकार्यलाई सुदृढ बनाउन सकिएमा विपद्बाट हुन सक्ने क्षतिलाई कम गर्न सकिने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “विपद्पूर्व, विपद्का समय तथा विपद् पछिका अवस्थामा नेपाल रेडक्रसले मानवीय सेवाका गतिविधि गरिराखेको छ । ” आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लालले भविष्यवाणीमा आधारित क्रियाकलाप तथा समुदायमा आधारित अवधारणाबाट विपद्का क्षेत्रमा काम गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “आइएफआरसीले नेपाल रेडक्रसमार्फत निरन्तर नेपालमा मानवीय सेवाका गतिविधि सहयोग गर्दै आइरहेको छ । आगामी दिनमा यो कार्य जारी रहने छ । ”

    कार्यक्रममा पूर्वानुमान केन्द्रका प्रमुख कारा सियोहानले पूर्वानुमानसम्बन्धी क्रियाकलापले सङ्कटासन्न समुदायको उत्थानमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा आइएफआरसीले सगरमाथ आरोही मिङ्मार शेर्पालाई सम्मान गरेको थियो । आरोही शेर्पाको सो सम्मान उहाँका श्रीमती नाम्गेल डोमा शेर्पाले ग्रहण गर्नुभएको थियो । सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी शेर्पाले यही जेठ २ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झन्डा फहराउनुभएको थियो । सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले रेडक्रसको झन्डा हस्तान्तरण गरेको थियो ।

    सोहीअनुरूप उहाँले आरोहणपश्चात् रेडक्रसको झन्डा फहराउनुभएको जनाइएको छ । एसिया–प्रशान्त महासागर क्षेत्रमा पूर्वानुमानसम्बन्धी क्रियाकलापको विस्तार तथा अभिवृद्धि गर्ने ध्येयले आयोजित सो पूर्वानुमानसम्बन्धी सातौँ एसिया–प्रशान्तमहासागर क्षेत्रीय संवाद मञ्चमा मानवीय सेवामा काम गरिराखेका, वैज्ञानिक, विपद् विशेषज्ञ तथा सरकारी प्रतिनिधिको सहभागिता रहेको छ । पूर्वानुमानसम्बन्धी क्रियाकलाप भन्नाले विपद् हुनुभन्दा पहिले अथवा विपद्का एकदमै तीव्र प्रभाव महसुस हुनुभन्दा पहिले भविष्यवाणी गरिएको विपद्का प्रभावको न्यूनीकरण गर्नका लागि सञ्चालन गरिने गतिविधिलाई जनाउँदछ ।

    यस्ता क्रियाकलापको सञ्चालन प्रकोपको भविष्यवाणी गरिएका प्रभावहरूको पूर्वानुमानका आधारमा गरिन्छ र ती क्रियाकलाप प्रकोपका घटना कुन समयमा, कुन स्थानमा र कसरी हुनेछन् भनी गरिएको भविष्यवाणीमा आधारित हुन्छन् । एसिया–प्रशान्तमहासागर क्षेत्र विश्वमा नै सबैभन्दा बढी प्रकोप जाने सम्भावना भएको क्षेत्र रहेका र धेरै मुलुकले कैयौँ वर्षदेखि यस मानवीय अवधारणाको कार्यान्वयन गर्दै आइरहेका बताइएको छ । संवादमञ्चका सहभागीले एसिया–प्रशान्तमहासागर क्षेत्रभरिका यस्ता आयोजनाका सिकाइ तथा अनुभवको आदान–प्रदान गर्ने जनाइएको छ ।

    यी कार्यक्रमले एक–अर्काका उत्कृष्ट अभ्यास तथा चुनौतीहरूबाट सिक्ने र क्षेत्रीय तथा राष्ट्रिय तहहरूमा अझ घनिष्ठरूपमा मिलेर काम गर्ने उपायहरूका बारेमा छलफल गर्ने अवसर पनि उपलब्ध गराउने बताइएको छ । एसिया–प्रशान्तमहासागर क्षेत्रीय संवादमञ्चको आयोजना सन् २०१७ देखि हुँदै आइरहेको छ । मञ्चको सातौँ संस्करणको प्रायोजन पूर्वानुमान केन्द्रद्वारा गरिएको हो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.