• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

राजनीतिलाई सही दिशा दिन प्राज्ञिक समूहको भूमिका आवश्यक : नेता डा कोइराला

  •   शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिलाई सही दिशा दिन प्राज्ञिक समुदायको सक्रिय भूमिका चाहिने बताउनुभएको छ । प्रा डा कुलप्रसाद कोइरालाद्वारा लिखित ‘वेदमा जीवन र जगत’ तथा ‘सिस्नाको आँठो’ को लोकार्पण गर्दै उहाँले राजनीतिलाई सही दिशामा डोर्याउन ‘थिङ्टयाङ्क’का रुपमा रहेका प्राध्यापकहरुले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको राजनीतिक अवस्थालाई सुधार्न प्राध्यापकहरुको पनि उत्तिकै भूमिका चाहिने हो तर, त्यो विगतमा देखिएन, विश्वविद्यालयका प्राज्ञिक संस्थाहरुले राजनीतिलाई सही दिशामा डोर्याउन राजनीतिज्ञलाई स्वतन्त्र रुपमा खबरदारी गर्न जरुरी छ ।”

    नेता कोइरालाले मुलुकमा दण्डहीनता बढिरहेको भन्दै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संवैधानिक निकायमाथि पनि राजनीतिक प्रहार भइरहेको छ । संसद्को गरिमा र मर्यादा खस्केको छ । प्रधानमन्त्रीले बोलिरहेका बेला सवाल जवाफ गरेर दोहारी खेल्ने नेपालको संसद्मा भइरहेको छ, यसले प्रजातन्त्रलाई कमजोर तुल्याउँछ ।” कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिलाई सही ढङ्गले अघि बढाउन प्रबुद्ध समुदायको उपयोगिता हुनेगरी स्थायी संयन्त्र बनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

    विद्यमान राजनीतिक वैचारिक दृष्टिकोण र शैली सुधार्न जरुरी भएको भन्दै उहाँले मुलुकको राजनीतिक बेतिथिलाई पुस्तकले चित्रण गरेको उल्लेख गर्नुभयो । नेता बडूले भन्नुभयो, “राजनीतिभित्रको कमजोरी सुधार्न सबै लाग्नुपर्छ । प्रवृत्तिको परिवर्तन र विधिको पालना गर्न जरुरी छ ।” वेदमा जीवन र जगत नामक पुस्तकमा पूर्वीय दर्शनको सार प्रस्तुत गरिएको छ भने सिस्नाको आँठो पुस्तकमा समकालीन राजनीतिक पाटोलाई ब्याङ्यको रुपमा दर्शाइएको छ । कूल ६८ लेख समेटिएको पुस्तकमा विगतको राजनीतिक अवस्था, वर्तमानको विकृतिलाई उल्लेख गरिएको छ ।

    ती दुवै पुस्तक स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको हो । ‘सिस्नाको आँठो’ पुस्तकको समीक्षा गर्दै वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले दर्शन र राजनीतिक पाटोलाई समेटिएको पुस्तकले ‘बेद जीवन कस्तो छ, यसलाई विज्ञानले कसरी समेटेको छ’ भन्ने विषयलाई झल्काएको उल्लेख गर्नुभयो । तत्कालीन पहाडी जनजीवन को अनुभव समेटिएको पुस्तकमा नेपाली राजनीतिमा समकालीन नेतामा देखिएको विचलन, प्रवृत्ति र विचार परिर्वतन गर्नुपर्छ भन्ने पुस्तकले झकझक्याएको उहाँले बताउनुभयो ।

    डा तुल्सी भट्टराईले बेदमा जीवन र जगतको समीक्षा गर्दै बेद जीवन र जगतमा विज्ञानलाई कसरी हेरिरहेको छ, बेदभित्रका सामाजिक व्यावहारिक कुरालाई पुस्तकमा उजागर गरिएको बताउनुभयो । प्रा कपिल श्रेष्ठ, पत्रकार तीर्थ कोइराला पद्यकन्या क्याम्पसका क्याम्पस प्रमुख डा जयालक्ष्मी प्रधानलगायतले कोइरालाको प्राज्ञिक विशेषताबारे उल्लेख गर्नुभएको थियो । पुस्तकका लेखक कोइरालाले बेद शिक्षाको विस्तारका लागि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । थौध भन्दा बढी पुस्तक लेखी सक्नुभएका कोइराला लोकतान्त्रिक आन्दोलनमा समर्पित हुनुका साथै नेपाली साहित्यमा उल्लेख्य योगदान रहेको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.