• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी

  •   मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक विपद् तथा दुर्घटनामा परेका व्यक्तिको उद्धार तथा सहायतामा नेपाल स्काउटले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । नेपाल स्काउटको ७२औँ स्थापना दिवसका अवसरमा लैनचौरस्थित प्रधान कार्यालयमा आयोजित मूल समारोहलाई आज सम्बोधन गर्दै उहाँले नेतृत्व विकासका तालिमलाई प्राथमिकता दिने गरी स्काउटले गरेका कामबाट नयाँ पुस्तामा यसप्रति सकारात्मक सोच पलाउने पनि बताउनुभयो ।

    पूर्वराष्ट्रपति भण्डारीले बालबालिका तथा युवाको शारीरिक, मानसिक एवम् बौद्धिक विकासका साथै उनीहरूलाई अनुशासित, स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भाव अभिवृद्धि गर्दै राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ स्थापित स्काउटको वर्तमान नेतृत्वले देशका सातै प्रदेश र सात सय ५३ वटै स्थानीय तहसम्म सङ्गठनलाई विस्तार गरी स्काउटलाई गाउँ–सहर सबैतिर पु¥याउनु एक ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले स्काउटरहरुलाई दीर्घसेवा पदकका साथै अन्य पदक पनि प्रदान गर्नुभयो ।

    सोही अवसरमा स्काउटको विस्तारमा योगदान पु¥याउने स्थानीय तहका जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विपद् जोखिम न्यूनीकरणसम्बन्धी अभ्यास र सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले सरकारले देशभरका १३ हजार सात सय विद्यालयमा स्काउट विस्तार गर्न विगतमा नीति तथा कार्यक्रम ल्याए पनि हाल प्राथमिकता नदिइएको गुनासो गर्नुभयो । उहाँले नेपाल स्काउटको भिजन २०३२ अनुसार सात सदस्यता विस्तारको लक्ष्य पूरा गरिने बताउनुभयो ।

    हाल सात प्रदेशमा गरी पाँच हजार नयाँ स्काउट मास्टर तयार भएका छन् । उहाँले घरः एक स्काउटको लक्ष्यसहित आफूहरु अघि बढेको जनाउनुभयो । स्काउट दिवसका अवसरमा सातै प्रदेशमा आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ । स्काउटले स्वास्थ्य, वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम र अभियानहरूमा युवा जनशक्ति परिचालन गर्दै आएको छ । विसं २००९ मा स्थापित नेपाल स्काउट ‘नेपाल स्काउट ऐन, २०५० बाट सञ्चालित छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.