• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ : सभापति देउवा

  •   शनिबार, असार ३०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको भावना र मर्मअनुसार पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको बताउनुभएको छ । तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उहाँले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकमा राजनीतिक परिवर्तनलगायतका आन्दोलनमा सबै समुदाय र जनजातिको उत्तिकै सहभागिता र योगदान छ, राज्यका संरचना र दलभित्र सबै ठाउँमा समावेशिता आवश्यक छ ।”

    पार्टी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन, आर्थिक समृद्धि र रुपान्तरणको पक्षमा दल र सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुक र जनताको विरुद्धमा रहेको भ्रष्टाचार न्यूनीकरणमा यो वा त्यो भनिने छैन । सुशासन कायम गर्दै जनतालाई सहज र सरलरूपमा सेवा प्रवाहलाई चुस्त तुल्याइने छ, दुई दिनभित्र मिटर ब्याजीसम्बन्धी विधेयक सदनबाट पारित हुन्छ ।” महामन्त्री विश्वप्रकाश शर्माले मातृ पार्टी कांग्रेसलाई सुदृढ तुल्याउँदै राज्यलाई समृद्धिको यात्रामा सक्रियाताका साथ लाग्न सबै जातजाति र समुदायको कर्तव्य हुने धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो, “गौतम बुद्ध, सगरमाथा र गोर्खालीको पहिचान बोकेको नेपालमा संसारमै नभएका भाषा, संस्कृति र सभ्यता छ, अब हामी भ्रष्टाचारविरुद्ध र समृद्धिको यात्रामा दृढ भएर जानुपर्छ, त्यसका लागि भ्रष्टाचारलाई निर्मूल गर्ने अठोट गर्नुपर्छ ।” सहमहामन्त्री भीष्मराज आङदम्बेले कांग्रेसलाई अहिलेको उचाइमा पुर्याउन गुरुङ समुदायले खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताउनुभयो । पूर्वमहामन्त्री कुलबहादुर गुरुङले प्रत्येक समुदायले आफ्नो समुदाय, संस्कृति र सभ्यताको संरक्षण र संवर्द्धन गर्दै देश विकासको अभियानमा जुट्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

    पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल सबै जातजाति, धर्म, समुदाय, संस्कृति, सभ्यता र वेषभूषाका हिसाबले साझा पहिचान बोकेको मुलुक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल जातजाति, संस्कृति र सभ्याताले परिपूर्ण छ । समावेशी मुद्दा उठाउने र कार्यान्वयन गर्ने पहिलो पार्टी कांग्रेस हो । दलभित्रका आन्तरिक जीवनका विषय पार्टीको औपचारिक मञ्चमा मात्रै राख्नु बुद्धिमानी हुन्छ ।” पार्टीका केन्द्रीय सदस्य एवं सहरी विकासमन्त्री सीता गुरुङले जनआन्दोलनका उपलब्धिका रूपमा रहेको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वमार्फत लोकतन्त्र र समृद्धिका लागि गोलबन्द हुन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्गठन सुदृढीकरण गर्ने क्रममा भेला आयोजना गरिएको छ ।

    मुलुकको जातीय, धार्मिक र सांस्कृतिक विविधताको संरक्षण गर्दै राष्ट्र निर्माणमा सहभागी हुनु आजको आवश्यकता हो ।” केन्द्रीय सदस्य तारामान गुरुङले पार्टी र सङ्गठनको हितका लागि भेलाबाट प्राप्त हुने सुझाव महत्त्वपूर्ण हुने भएकाले कार्यान्वयनका लागि पार्टी नेतृत्वलाई सुझाव दिनुभयो । अर्का केन्द्रीय सदस्य राधा घलेले राष्ट्रियता, समावेशी लोकतन्त्र र समाजवाद मुख्य आदर्श बोकेको कांग्रेसले समावेशी चरित्रलाई बलियो तुल्याउँदै नेता तथा कार्यकतालाई न्यायोचित जिम्मेवारी र मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्न सुझाव दिनुभयो ।

    नेपाल लोकतान्त्रिक आदिवासी जानजाति महासङ्घका अध्यक्ष ओमबहादुर घर्ती र सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले विगतमा मुलुकमा व्याप्त अन्याय, अत्यचार र राजनीतिक परिवर्तनका लागि आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेकाले समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयन गर्दै सोहीअनुरुपको जिम्मेवारी दिइनुपर्ने विचार प्रकट गर्नुभयो । बागमती प्रदेश मातहतका १३ जिल्लाका तमू समुदायको भेलाले सङ्गठन र पार्टी सृुदृढीकरणका लागि ठोस निष्कर्षसहितको सुझाव प्रस्तुत गर्ने छ ।

    सो अवसरमा सभापति देउवाले ती जिल्लाका तमु समुदायका नयाँ अध्यक्षलाई पार्टीको जिम्मेवारी र सदस्यतासम्वन्धी प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा तमू समुदायको संस्कृति र वेषभूषा झल्कने गीत, सङ्गीत र नृत्य प्रस्तुत गरियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.