• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

देशले विकासको फड्को मार्न राजनीति स्थिरता चाहिन्छ : डा भट्टराई

  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    गोरखा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले देशले विकासको फड्को मार्न कम्तीमा पाँच वर्ष राजनीतिक स्थिरता चाहिने बताउनु भएको छ । चेम्बर अफ कर्मस गोरखाले आज सदरमुकाममा आयोजना गरेको व्यवसायीहरूसँगको छलफल तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले राजनीतिक स्थिरता नभएसम्म विकासले गति लिन नसक्ने बताउनुभयो ।

    “विकासका निर्माणका सवालमा खुट्टा तान्ने काम बन्द हुनुपर्छ, कम्तीमा पाँच वर्षसम्म राजनीतिक स्थिरता नभएसम्म मुलुकको विकासको गति अघि बढ्न कठिन हुन्छ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, “विकास र समृद्धिका लागि नयाँ ढङ्गले सोच्नु आवश्यक छ ।” उहाँले नेपालमा सरकार बनाउने र ढाल्ने परिपार्टी बढी भएकाले पनि विकास निर्माणको काम सोचेजस्तो गतिमा अघि बढ्न नसकेको बताउनुभयो ।

    राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तर सुधार गर्ने गरी आर्थिक परिवर्तन अझै हुन नसकेको भन्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले त्यसका लागि नयाँ सोच र नयाँ शक्तिको खाँचो रहेको औँल्याउनुभयो । “कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको विकासमार्फत नै कृषि अर्थतन्त्रलाई उद्योग प्रधान अर्थतन्त्रको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “विकासका लागि पहिलो चरणमा भौतिक पूर्वाधारको निर्माण गरी विश्वबजारसँग नेपाली बजारलाई जोड्न सक्नुपर्छ ।”

    अर्र्को प्रसङ्गमा पूर्वप्रधानमन्त्री डा भट्टराईले गोरखा र धादिङको सिमाना निर्माण गर्ने भनिएको बूढीगण्डकी योजना निर्माण सम्पन्न गर्न सके यो आयोजना गोरखा मात्रै होइन सिङ्गो नेपालकै ‘गेम चेन्जर’ आयोजना बन्ने पनि दाबी गर्नुभयो । उहाँले बूढीगण्डकी जलाशययुक्त आयोजना बहुउद्देश्यीय आयोजना भएकाले यसलाई जोडेर अन्य धेरै प्रोजेक्टहरु चलाउन सकिने उल्लेख गर्नुभयो ।

    पूर्वप्रधानमन्त्री डा भट्टराईले जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाले गण्डकी प्रदेशभित्र प्रशास्त आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने सकिने बताउनुभयो । “अहिलेको हिसाबले आयोजना बने यो यहाँ फेवातालभन्दा झन्डै पन्ध्र पन्ध्रगुणा ठूलो ताल बन्छ”, उहाँले भन्नुभयो, “यस आयोजनाबाट यस क्षेत्रलाई विद्युत् उत्पादनमात्र नभई पर्यटकीय हब बनाएर काम गर्न सके सिङ्गो देशको आर्थिक समृद्धि हासिल गर्न मद्दत पुग्नेछ ।”

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.