• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

हेटौँडामा मत्स्य प्रवर्द्धन केन्द्रको जमिन अतिक्रमणमा

  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको करोडौँ मूल्य बराबरको जमिन अतिक्रमणमा परेको छ । सो कार्यालय मातहतमा रहेको ४९ हेक्टर जमिनमध्ये १३ बिघा, १३ कट्ठा, १० धुर जमिन अतिक्रमण गरी संरचनासमेत निर्माण भएको कार्यालयद्वारा तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    अतिक्रमित जमिन उपलब्ध गराउन र भौतिक संरचना हटाउन जिल्ला प्रशासन कार्यालयमा हेटौँडामा लिखितरूपमा जानकारीसमेत गराइएको कार्यालय प्रमुख सरोज यादवले बताउनुभयो । अतिक्रमित जमिन नापी कार्यालयबाट व्यक्तिको नाममा कित्ताकाटसमेत भएकाले नापी कार्यालय तथा मालपोत कार्यालय हेटौँडालाई पुनः नापीका लागिसमेत लिखित जानकारी गराएको उहाँले बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालयमा अतिक्रमण भएको जमिनको पेस गरिएको विवरणअनुसार किता नं ९६ को आठ बिघा १४ कट्ठा जमिनमा पिप्ले युवा क्लबले रङ्गशाला निर्माण, हेल्थ पोष्ट निर्माण तथा कार्यालय भवन अतिक्रमण गरी रेष्टुरेन्टसमेत सञ्चालन गरेको उल्लेख गरिएको छ । त्यस्तै किता नं ९६ को दुई कट्ठा, एक दशलव पाँच धुर जमिन अतिक्रमण गरी उद्धव चौलागाईँले जस्ताको टहरा बनाई पसल सञ्चालन गरेको र सनम श्रेष्ठले एक कट्ठा एक दशमलव पाँच धुर जमिनमा जस्ताको टहरा बनाई रेष्टुरेन्ट सञ्चालन गरेको बताइएको छ ।

    त्यसैगरी कृष्णप्रसाद पुरी, रामकृष्ण कुँवर, विष्णु दङ्गालले क्रमशः १२ धुर, एक कट्ठा, तीन धुर र दुई कट्ठा, पाँच धुर सरकारी जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरी रेष्टुरेन्ट र पसल सञ्चालन गर्न भाडामा लगाएको पेस गरिएको विवरण उल्लेख गरिएको छ । जितलाल महर्जनले एक कट्ठा तीन धुर जग्गा अतिक्रमण गरी जस्ताका टहरा बनाई रेष्टुरेन्ट सञ्चालन गरेको तथा प्रेमबहादुर परियारले एक कट्ठा क्षेत्रफलमा रहेको कार्यालय भवन नै अतिक्रमण गरी कुखुरापालन गरेको, कालु स्याङ्तानले एक कट्ठा पाँच धुर तथा पदमबहादुर खड्काले दुई कट्ठा चार धुर जमिन अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन गरेकाले ती संरचना हटाउन कार्यालयले माग गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयहरूको जग्गा अतिक्रमण सम्बन्धमा विवरण पेस गर्न निर्देशन जारी गरेपछि सो मत्स्य केन्द्रको कार्यालयले आप्mनो अतिक्रमित १३ बिघा, १३ कट्ठा, १० धुर जमिन तथा भवन अतिक्रमण भएको र खाली गराउन मागसहित प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेस गरेको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । सो कार्यालयले स्थापना भएको विसं २०२४ देखि आफ्नो पोखरीमा विभिन्न प्रजातिका माछाको भूरा उत्पादन, विकास, संरक्षण तथा माछाको बिक्री वितरण, संचेतना कार्यक्रम गर्दै आएको छ । रासस

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.