चितवन । गैंडाको आक्रमणबाट पूर्बी चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ६ का ७६ बर्षिय नवराज अधिकारी रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार बिहिबार दिउँसो न्यूरो टिप्न मध्यवर्ती सामुदायीक वनमा गएका अधिकारीलाई साँझ घर नफर्किए पछि आफन्तले खोजी गर्ने क्रममा बाघमारा माध्यवर्ती सामुदायीक वनमा आज बिहान ७ः३० वजे शब भेटिएको हो ।
शबको पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याईएकाे छ ।








