काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ । शनिबार राति भएको खेलमा एल्चेलाई १–० ले पराजित गर्दै बार्सिलोनाले नयाँ सिजनको तयारी पनि पूरा गरेको छ । खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ग्रिजमनको उक्त गोल नै खेल जित्नका लागी पर्याप्त बन्यो । कप्तान लियोनल मेस्सीले सिर्जना गरेको मुभमा जोर्डी अल्बाको क्रसलाई ग्रिज्मनले गोलमा परिणत गरेका थिए । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा मैदान उत्रिएको बार्सिलोनाको प्रदर्शन भने खासै सम्झना लाएक रहेन ।








