• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

वाल्मीकि आश्रममा खानेपानीको व्यवस्था

  •   शनिबार, साउन ०६, २०८० मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन । चितवनको एतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७९÷८० को कार्यक्रममार्फत आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको हो । माडी नगरपालिका–१ र नवलपरासी सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिकाले विनियोजन गरेको रु पाँच÷पाँच लाखको लागतमा सोे व्यवस्था गरिएको हो । वाल्मीकि क्षेत्रका सात ठाँउमा खानेपानीको धारा निर्माण गरिएको माडी–१ का वडाध्यक्ष अमितकुमार लामाले बताउनुभयो ।

    उहाँका अनुसार महिला पुरुषका लागि छुट्टछुट्टै शौचालय निर्माण गरिएको छ । यसअघि चापाकलको पानी खानुपर्ने बाध्यता रहेको थियो । वाल्मीकि आश्रम क्षेत्रमा बाह्र घरपरिवार बस्दै आएका छन् भने मन्दिरका पुजारीका परिवार, जनपथ प्रहरी, सशस्त्र प्रहरी र चितवन राष्ट्रिय निकुञ्ज प्रशासनका कर्मचारी बस्दै आएका छन् । यहाँ दैनिक सयौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । नेपालबाट भन्दा धेरै भक्तजन भारतबाट दर्शनका लागि आउने गरेको वडाध्यक्ष लामाले बताउनुभयो ।

    उहाँले वाल्मीकि आश्रम नेपालकै महत्वपूर्ण एतिहासिक तथा धार्मिक तीर्थस्थल रहेकाले वडाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले सडक र बिजुली बत्तीको व्यवस्थापनको काम बाँकी रहेको भन्दै यो आवमा गरिने बताउनुभयो । वाल्मीकि आश्रम पुग्न नवलपरासी पश्चिमको त्रिवेणीबाट झोलुङ्गे पुल निर्माण गरिएको छ तर सञ्चालनमा आएको छैन । पुलबाट ४१ सय मिटर बाटो बनाउनुपर्ने जनाउँदै उहाँले यस वर्ष बजेट विनियोजन भएको जानकारी दिनुभयो । चितवनको माडी नगरपालिकामा रहे पनि आश्रम जानको लागि नेपालको भूमिबाट बाटो नहुँदा आश्रमको विकास हुन सकेको छैन ।

    आश्रम जानको लागि भारतको भूमि प्रयोग गरेर जानुपर्ने भएको कारण पनि आश्रममा नेपालीभन्दा भारतीय बढी आउने गरेको स्थानीय राम सुवेदीले बताउनुभयो । महर्षि वाल्मीकिले तपस्या गरेर ज्ञान प्राप्त गरेका र यहाँ बसेर रामायण लेखेको विश्वास गरिन्छ । त्रेतायुगमा रामको अविश्वासपछि सीता दोस्रो पटक वनबास जाँदा यहाँ पुगेको र लव, कुशलाई जन्म दिएको विश्वास गरिन्छ । यहाँ महर्षि वाल्मीकी, सीता र लब–कुशसँग जोडिएका धेरै प्रमाण यत्रतत्र छरिएर रहेको र त्यसको सरक्षण हुन नसकेको उहाँले बताउनुभयो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.