• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

गठबन्धन तोड्न खोज्ने षड्यन्त्रप्रति सचेत रहनुस् : अध्यक्ष नेपाल

  •   शनिबार, साउन ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले घुमिफिरी वर्गशत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्रप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई सुझाव दिनुभएको छ । समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आज यहाँ आयोजित समाजवाद बहस र सङ्घर्ष विषयक कार्यक्रममा उहाँले व्यवहार र सिद्धान्त सोचेजस्तो नभएकाले मुलुकको आवश्यकता, धरातल र यथार्थ बुझेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “कतिपय कम्युनिष्ट पार्टी प्रतिगामीसँग हातेमालो गरिरहेका छन् । दलभित्रका कमी–कमजोरी र सीमालाई बुझेर सङ्गठन विस्तार र शक्ति वृद्धिमा ध्यान दिन आवश्यक छ ।” पूँजीवाद अस्तित्वको सङ्कटमा पुगेको र मुलुक समाजवाद हुँदै साम्यवादमा प्रवेश गर्ने निश्चित रहेको बताउँदै अध्यक्ष नेपालले उग्रवामपन्थ र दक्षिणपन्थको भासमा डुबेका कम्युनिस्टलाई ठीक मार्गमा हिँडाउने एउटै उपाय भनेको वैज्ञानिक समाजवाद भएको धारणा राख्नुभयो ।

    विश्वमा कम्युनिस्ट पार्टी धरमराइरहेको अवस्थामा नेपालमा भने लोकप्रिय दलका रूपमा उदाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले व्यक्तिवादी प्रवृत्ति र विकृतिलाई समयमै चिरफार गर्न सकिएन भने अनेक चुनौतीको सामना गर्नुपर्ने चेतावनी दिनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “समाजवाद जनताका हित र कल्याण गर्ने व्यवस्था हो, राजनीतिलाई जनतादेखि जनतासम्मको धारमा मोड्नुपर्छ, हामी जनताका पीडा र वेदनासँग जोडिनुपर्छ, नेपालमा कम्युनिष्ट पार्टीको भविष्य उज्यालो छ ।”

    नेकपा (माओवादी केन्द्र)का नेतृ पम्फा भुसालले नेपालमा कम्युनिस्ट पार्टी हराभरा र ठीक मार्गबाट अघि बढिरहेको बताउनुभयो । उहाँले मुलुकको अभिभारा र माग रहेकाले एउटै बलियो कम्युनिस्ट पार्टी बनाएर समाजवाद हासिल गर्ने लक्ष्यमा अघि बढ्नुपर्ने आजको आवश्यकता भएको स्पष्ट गर्नुभयो । नेतृ भुसालले भन्नुभयो, “समाजवाद अहिले रक्षात्मकरूपमा रहेको छ, सबै दलको कार्यदिशा समाजवाद नै बनेर अघि बढिरहेको छ । एउटै बलियो कम्युनिस्ट पार्टी नभई समाजवाद हासिल गर्न सकिन्न ।”

    नेकपा एकीकृतकै केन्द्रीय सदस्य अशेष घिमिरेले कम्युनिस्ट पार्टी सरकारमा रहँदा मजदुर प्रताडित रहनुपर्ने तथा कृषकका उत्पादन सडकमा फालिनुपर्ने अवस्थाले मुलुक समाजवादतर्फ उन्मुख भएको हो र भन्ने प्रश्न सिर्जना गरेको भनाइ राख्नुभयो । खुला विश्वविद्यालयका डिन डा खगेन्द्र प्रसाईँले नेताको भाषण र वक्तव्यबाट नभई जनताको हित र कल्याणसँग जोडिएका स–साना सुधारलाई क्रान्तिको भर्याङ बनाउन सकिने विचार प्रकट गर्नुभयो ।

    आयोजक संस्था समाजवाद अध्ययन केन्द्रका अध्यक्ष अर्जुन राईले विचार र सिद्धान्तको बहसले समाजवादको जगलाई बलियो तुल्याउने भएकाले आदर्श, विचार र सिद्धान्तका आधारमा गन्तव्यको पहिचान गरी उद्देश्य प्राप्तिका लागि अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । हिजो, आज र भोलिका लागि समाजवादी अभियन्तामा समर्पित भनिएको उक्त कार्यक्रममा अध्यक्ष नेपालले र नेतृ भुसालले समाजवाद बहस र सङ्घर्ष नामक पुस्तक सार्वजनिक गर्नुभयो ।

    अध्यक्ष नेपाल, पूर्वप्रधानमन्त्रीद्वय डा बाबुराम भट्टराई र झलनाथ खनाल, राम कार्की, जगन्नाथ खतिवडा, डा विजय पौडेल, प्रा डा पिताम्बर शर्मालगायत १५ जना व्यक्तिका कृतिमा समेटिएका विचारको अध्ययनले समाजवादका विषयमा पाठकलाई ज्ञान र चेतना प्रदान गर्ने छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.