• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा

  •   बिहिबार, साउन ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् । प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको वन्यजन्तु अनुसन्धान विधि तालिमका क्रममा उक्त सङ्ख्यामा चराका प्रजाति फेला परेका हुन् । प्रकृतिका साथी संस्थाले देशका विभिन्न जिल्लाबाट सहभागी १३ जनालाई उक्त क्षेत्रमा १९ दिने तालिम प्रदान गर्दै आएको संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।

    तालिमका क्रममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उहाँले बताउनुभयो । “नेपालमा मात्रै पाइने काँडे भ्याकुर भैँसेगैँडामा पर्याप्त पाइन्छन्”, उहाँले भन्नुभयो, “चाइना मङ्गोलियाबाट बसाइँ सर्ने सिकारी प्रजातिका चराहरू पनि यही स्थान भएर नेपालको तराईका साथै भारततिर जाने भएकाले चरा अध्ययनका लागि यो महत्वपूर्ण गन्तव्य हो ।”

    तनहुँ र स्याङ्जाका विभिन्न भागलाई जोड्ने कूल ७२ किलोमिटरअन्तर्गत रहेको सहश्राब्दी पदमार्गको ५२ किलोमिटर वनजङ्गल क्षेत्रमा पर्ने भएकाले चराचर, पर्यावरणलगायत वन्यजन्तु र वातावरण सम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यो आकर्षक गन्तव्य बन्दै गएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो । यस क्षेत्रमा काँडे भ्याकुरदेखि धेरै प्रजातिका चरा, वन्यजन्तु र वनस्पति पाइने भएकाले पर्यावरणीय अध्ययन तथा अनुसन्धानका लागि यो स्थल महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

    यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे’ सञ्चालन गरिएको गुरुङले बताउनुभयो । उहाँका अनुसार होमस्टेमा २० जनासम्म पर्यटक अटाउँछन् । अन्नपूर्ण, धवलागिरिलगायतका हिमशृङ्खलाका साथै पहाडी दृश्यावलोकनका लागि पनि भैँसेगौँडा पुग्नैपर्ने गन्तव्य भएको बताउँदै गुरुङले पछिल्लो समय यहाँ आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो । गाउँको विकासका लागि सामूहिक प्रयासमा मेकाडामिया नटको खेतीसमेत गरेको भन्दै उहाँले स्थानीय उत्पादनमा जोड दिइएको बताउनुभयो ।

    पछिल्ला केही वर्षयता दुःख गरेर लगाएको खेती बाँदरले खाइदिने र असिनाले झारिदिँदा किसान मर्कामा पर्न थालेका भन्दै अध्यक्ष गुरुङले स्थानीयको जीवनस्तार सहज बनाउन सामूहिक प्रयासमा मेकाडामिया नटको खेती सुरु गरिएको बताउनुभयो । बाँदरले धेरै क्षति पुर्‍याउन नसक्ने भएकाले स्थानीय पनि यस खेतीतर्फ आकर्षित बन्दै गएका उहाँको भनाइ छ । ‘राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह’मा आबद्ध भई यहाँका २५ कृषकले पाँच सय बिरुवा लगाएकामा केहीले उत्पादनसमेत दिन थालेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार भैँसेगौँडा आसपासका ओरष्टे, कोल्मा, काउले, बाकोटलगायत स्थानमा व्यक्तिगतरुपमा पनि कृषकले यो खेती गरेका छन् । भैँसेगौँडालगायत आसपासका क्षेत्रमा हालसम्म एक हजार पाँच सयभन्दा बढी बोट लगाइसकिएको उहाँले बताउनुभयो । अध्यक्ष गुरुङका अनुसार विसं २०७२ मा कृषि अनुसन्धान केन्द्र, मालेपाटन पोखराको पहलमा साविक राङभाङ गाविसका २५ कृषकले सामूहिकरुपमा मेकाडामिया खेतीका लागि पहिलोपटक नर्सरी तयार गरेका थिए ।

    उत्पादनसँगै वरपरका पर्यटकीय सम्भावनायुक्त स्थललाई संरक्षण र विकास गर्न पनि यहाँका स्थानीयले जागरुकता देखाएका छन् । भैँसेगैँडासँगै जोडिएको स्याङ्जाको बिरुवा गाउँपालिका–३ स्थित रहस्यमय भ्वाङलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने प्रयास थालिएको अध्यक्ष गुरुङले बताउनुभयो । सयौँ वर्ष पुरानो अनुमान गरिने भ्वाङलाई साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न स्थानीय राङभाङ युवा क्लबले सक्रियता देखाएको छ । प्राचीनकालमा यस ओडारमा भूत बस्छ भन्दै बालबालिकालाई जान रोक्ने गरिएको स्थानीय बताउँछन् । ठाढो भ्वाङ रहेको यस ठाउँमा विसं २०७० मा केही युवाले डोरीको सहायताले प्रवेश गरेका थिए ।

    त्यसपछि भ्वाङभित्रको वास्तविक अवस्थाबारे थप अध्ययन एवं अनुसन्धान गर्ने उद्देश्यका साथ दुई वर्षअघि साहसिक पर्यटनमा काम गरेका प्राविधिक समेतको उपस्थितिमा थप अध्ययन गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । “डोरीको सहायताले लभगभग ९० फिट गहिराइको भ्वाङमा जान सकिन्छ । तल झरेपछि दायाँबायाँतर्फ दुई जना छिर्नसक्ने अरु प्वाल पनि छन्”, उहाँले भन्नुभयो, “बुढापाकाका अनुसार भित्रबाट दायाँतर्फ अघि बढेको प्वाल हुँदै जङ्गलतर्फ र बायाँतर्फको प्वालबाट स्याङ्जाको बिरुवा निस्कन सकिने किंवदन्ती रहँदै आएको छ ।”

    भ्वाङलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले राङभाङमा स्थायी बसोबास भई हाल हङ्कङमा विभिन्न पेसा तथा व्यवसाय गर्दै आएकाको आर्थिक सहयोगमा दुई वर्षअघि तारबार गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा थप सम्भावना खोज्न विभिन्न पक्षबाट अध्ययन तथा अनुसन्धान पनि भइरहेका छन् । मिलेनियम ट्रेकअन्तर्गत ठाउँठाउँमा रहेको पर्यटकीय गन्तव्यलाई संरक्षण र प्रवर्द्धनमा जोड दिइएको व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो ।

    “प्रकृति र संस्कृतिका विविधता अवलोकन गर्दै पदयात्रा गर्न पाइनु यस पदमार्गको विशेषता हो”, उहाँले भन्नुभयो, “जुनसुकै मौसममा जुनसुकै उमेर समूहका व्यक्तिलाई हिँडाउन सकिने यो पदमार्गलाई प्रवर्द्धन गर्ने कुरामा जोड दिँदै आएका छौँ ।” नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुरदेखि अन्य विभिन्न प्रजातिका चरा, वन्यजन्तु वनस्पतिसँगै हिमाली र पहाडी भूभागको अवलोकन पनि सँगै गर्न सकिने भएकाले यहाँको पदयात्राको प्रचारप्रचारमा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.