• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

पदमपुर क्षेत्रमा लो भोल्टेजको समस्या बारे प्राधिकरणलाई ज्ञापन पत्र

  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कालिका नगरपालिकाको पदमपुर क्षेत्रमा लो भोल्टेज आउने समस्या बारे नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रलाई ध्यानाकर्षण गराइएको छ । लो भोल्टेजले दैनिक जीवनदेखि व्यापार व्यसायमा समेत प्रभाव परेको भन्दै पदमपुर क्षेत्रका जनप्रतिनिधि सहितको टोलीले तत्काल समस्या समाधानगर्न मागगर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।

    बागमती प्रदेशका साँसद कृष्णप्रसाद सिलवाल, कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, वडाध्यक्षहरु लक्ष्मण पौडेल, मकरमान श्रेष्ठ,निर्वतमान वडाध्यक्ष टीकाराज रिजाल लगायत पदमपुर क्षेत्रका स्थानीयबासीहरुले लो भोल्टेजको समस्याबारे प्राधिकरणको ध्यानर्कषण गराउन प्राधिकरण पुगेका थिए । समस्या लिएर टाँडी स्थित कार्यालयमा पुगेका जनप्रतिनिधि र स्थानीयबासीले प्राधिकरण टाँडी शाखाका प्रमुख राजेन्द्र चौधरीलाई ज्ञापनपत्र बुझाएका छन। स्थानीयहरुबाट संकलित हस्ताक्षर सहित लो भोल्टेजका कारण भोग्नुपरेको समस्याहरु ज्ञापनपत्रमा उल्लेख छ ।

    प्रदेश सांसद सिलवालले प्राधिकरणले तत्काल लो भोल्टेजको समस्या सामाधानगर्नुपर्ने बताउनुभयो । लो भोल्टेजका कारण जनताले सास्ती भोग्नुपरेको भन्दै तत्काल समाधानका लागि पहलगर्न आग्रह गर्नुभयो । कालिकाका नगर प्रमुख रेग्मीले लो भोल्टेजका कारण दैनिकी कामदेखि अस्पतालबाट दिइने सेवा समेत प्रभावित भइरहेको बताउनुभयो । सिंचाई, खानेपानी आपूर्ति, चिस्यान केन्द्र संचालन देखि व्यापार व्यवसाय संचालनमा असर परेकाले तत्काल समस्या समाधानका लागि ध्यानदिन आग्रह गर्नुभयो । वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेलले प्राधिकरणका कर्मचारीहरु जनताको समस्या प्रति गम्भीर नभएको आरोप लगाउनुभयो ।

    हप्तामा सातैदिन समस्या देखिएकाले बाध्यभएर प्राधिकरण सम्म आउनुपरेको बताउनुभयो । इलेक्ट्रीक सामग्रीलाई प्रमोटगर्न भनिरहेका छौं, तर विद्युत सेवा चित्त बुझ्दो छैन यसले के म्यासेज दिन्छ ? उहाँले प्रश्नगर्नुभयो । प्राधिकरणका प्रमुख चौधरीले लो भोल्टेजको समस्या राष्ट्रिय रुपमा रहेको भन्दै समस्या सामधानको लागि स्थानीय स्तरमा गर्नुपर्ने सबै उपाय अबलम्बन गरिएको बताउनुभयो । राप्तीको हर्दी स्थित १३२ केभीप्रसारण लाइनको सबस्टेशनबाट ११२ केभी मात्र तथा पर्साको १३३ केभी प्रशारण लाइनबाट १२२ केभीमात्र विद्युत सप्लाई हुँदा लो भोल्टेजको समस्या आएको प्रमुख चौधरीले जानकारी दिनुभयो ।

    लो भोल्टेजको समस्या सामधानको लागि प्रशारण लाइनको दुरी कम गरी दुबै सब स्टेशनलाई एकआर्कामा जोडेर विद्युत सप्लाईलाई सन्तुलनमा ल्याउने जानकारी दिनुभयो । पूर्ण रुपमा सन्तुलनमा ल्याउन अझै तीनवर्ष समय लाग्ने समेत उहाँले बताउनुभयो । कालिका नगरपालिकाको वडा नं.२, ३, ४, ५ मा लो भोल्टेजको समस्या छ । सामान्य फ्रीज , पंखा देखि कम्प्युटर चलाउन पनि समस्या भएपछि स्थानीय जनप्रतिनिधिहरु सहितको टोली प्राधिकरण पुगेका थिए ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.