• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

पानी नपर्दा धानको बीउ बुढियो

  •   सोमबार, साउन १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पर्याप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ गर्ने धानको बीउ बुढिन थालेको छ । नारायणी लिफ्ट सिँचाइको पानी पनि पर्याप्त मात्रामा नचल्दा पश्चिम चितवनका किसानले धान रोप्न पाएका छैनन् । सिँचाइको अभावका कारण समयमा धान रोपाइँ गर्न नपाउँदा ब्याडमै बीउ बुढिएपछि उनीहरू चिन्तित भएका हुन् । विशेषगरी भरतपुर महानगरपालिकाका किसान बीउ बुढिँदै गएपछि चिन्तित बन्न थालेका छन् । अहिले भरतपुर महानगरपालिकामा ६० प्रतिशत मात्रै रोपाइँ भएको छ ।

    कृषि ज्ञानकेन्द्र चितवनको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ८५ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम भरतपुर महानगरपालिकामा भएको कार्यालयकी कृषि अधिकृत सुरुचि त्रिपाठीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सिँचाइको अभावका कारण बीउ बुढियो भन्दै दैनिक दुई तीन जना किसान कार्यालय आउने गर्नुभएको छ ।” सिँचाइका लागि बोरिङको माग गर्दै किसानहरू कार्यालय आएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–४, ५, १४, १५, १९, २० र २२ मा अहिलेसम्म पनि रोपाइँ हुनसकेको छैन ।

    समयमा रोपाइँ नहुँदा उत्पादनमा कमी आउने उहाँको भनाइ छ । कार्यालयको तथ्याङ्कअनुसार खैरहनी र राप्ती नगरपालिकामा शतप्रतिशत, रत्ननगर नगरपालिकामा ८५ प्रतिशत, कालिका नगरपालिकामा ८० प्रतिशत र माडी नगरपालिकामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाभित्र नारायणी लिफ्टबाट सिँचाइ हुने क्षेत्रमा रोपाइँ ढिला भएको हो । नारायणी लिफ्टले पानी समयमा नछोड्दा रोपाइँ हुनसकेको छैन ।

    नहरमा पर्याप्त मात्रामा पानी नछोड्दा सिँचाइको अभावले रोपाइँ ढिलाइ भएको भरतपुर–१४ का किसान सपना विकले बताउनुभयो । करिब दुई बिघा क्षेत्रफलमा धान रोप्नुपर्ने भए पनि सिँचाइको अभावले बीउ बुढिएको उहाँले गुनासो गर्नुभयो । बीउ ४५ दिनभन्दा बढीको भइसक्दा समेत धान रोप्न नपाएको गुनासो शिवनगरकै राजन शर्माले गर्नुभयो । गत वर्ष यो समयमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटका अनुसार विद्युत् आपूर्तिका कारण ठूलो पम्प नचलेकाले समस्या भएको हो ।

    आठ दिनसम्म सानो पम्प मात्रै चलेको र आजदेखि ठूलोसमेत चलेकाले क्रमशः रोपाइँ हुँदै जाने उहाँले बताउनुभयो । जिल्लामा २२ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । यहाँ सावा मन्सुली, सावित्री, रामधान, हाइब्रिड, राधाचार जस्ता धान रोप्ने गरिएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.