• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

पार्टी एक ढिक्का भएको महसुस भएको छ : अध्यक्ष दाहाल

  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एक ढिक्का भएको महसुस भएको बताउनुभएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले केन्द्रीय समितिको बैठकमा पार्टी अब एक ढिक्का भएको सबैलाई महसुस भएको बताउनुभयो । “जारी बैठकमा लोकतन्त्र तथा जनवादको उच्च अभ्यास भएको छ”, उहाँले भन्नुभयो, “पार्टी एक ढिक्का भएको महसुुस भएको छ, बैठक वाद, विवाद र संवादमा टुङ्गिएको छ ।”

    पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सबै केन्द्रीय समितिको बोल्ने क्रम लगभग सकिएको जानकारी दिनुभयो । उहाँले बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी निर्माणका लागि ठोस योजना ल्याउन सुझाव दिएको बताउनुभयो । आजको बैठकमा ७४ जना केन्द्रीय सदस्यले बोल्नुभएको थियो । उपाध्यक्ष महराले बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीले प्रस्तुत गरेको दस्तावेजको मूलमर्ममा सहमति जनाएको बताउनुभयो । “केन्द्रीय सदस्यहरुले सरकारको कामलाई धन्यवाद दिँदै सुशासनको कामलाई अघि बढाउन सुझाव दिनुभयो”, उहाँले भन्नुभयो , “पार्टी नेतृत्वको विषयमा छलफल भयो तर अध्यक्ष निर्विकल्प हुनुहुन्छ भन्नेमा सबैको मत रह्यो ।”

    माओवादी केन्द्रका केन्द्रीय सदस्य रेखा शर्माले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा पार्टीले आफ्ना पदाधिकारीलाई बचाउने काम नगरेको स्पष्ट पार्नुभयो । “प्रधानमन्त्रीले घरकै मान्छे परे पनि छाड्दिन भनिसक्नुभएको छ, मिडियामा आएका आधारमा सबै व्यक्ति छानबिनको घेरामा आइहाल्छ भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “हामीसँग राजस्व अनुसन्धान विभागलगायतका विभिन्न निकायहरु छन्, उनीहरुले आवश्यक छानबिन गरिरहेका छन् ।”

    उहाँले माओवादी केन्द्रका पदाधिकारीहरुको नाम मुछिएको विषयमा सम्बन्धित व्यक्ति छानबिन गर्न तथा दोषी ठहर भए सजाय भोग्न तयार रहेको भन्दै उहाँले यसमा कुनै समस्या नभएको स्पष्ट पार्नुभयो । आजको बैठकमा छलफल भएका विषयमा जानकारी दिँदै उहाँले केन्द्रीय सदस्यहरुले सुशासनको पक्ष र विकृति विसङ्गतिविरुद्धको सरकारले काम गरेको भन्दै सकारात्मक प्रतिक्रिया दिएको बताउनुभयो । उहाँले बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी निर्माणको महाअभियानमा सबै ठोस जिम्मेवारीका साथ लक्ष्य किटान गरी अघि बढ्न पनि सुझाव दिएको बताउनुभयो ।

    उहाँले सोही सुझावलाई मध्यनजर गर्दै भोलि बस्ने बैठकमा केन्द्रीय समितिले योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । भोलिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.