• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’

  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपूसैनिकलाई सम्मान गरिएको थियो । सो अवसरमा पूर्वजर्नेल डा प्रेमसिंह बस्न्यातले भूपू सैनिकले पुर्याएको योगदानलाई नेपाल र भारत दुवैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भूपूसैनिकहरूले दुई देशको सम्बन्धलाई सुमधुर राख्नका लागि पुलको भूमिका खेलेको बताउनुभयो ।

    भारतको महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत नितेश कुमारले भूपू गोर्खा सैनिकलाई भारत सरकारले निरन्तर सम्मान गरिरहने बताउनुभयो । दूतावासले पहिलोपटक सम्मानको कार्यक्रम आयोजना गरिएको जनाउँदै यसलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा सम्मानित भएका भूपू सैनिकहरूले आफूहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेकामा खुसी व्यक्त गरका थिए । कार्यक्रममा डा लक्ष्मीकान्त पाण्डे, धनबहादुर थापालगायतले बोल्नुभएको थियो ।

    कार्यक्रम भूपू सैनिक कल्याणकारी क्लबका अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो । नगरपालिकाबाटै श्रम स्वीकृति र परामर्श चितवनको रत्ननगर नगरपालिकाले श्रम स्वीकृति दिन सुरुआत गरेको छ । वैदेशिक रोजगारीमा जाने युवालाई शुक्रबारदेखि पालिकाबाटै औपचारिकरूपमा श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरिएको हो । जेठ महिनाबाट श्रम स्वीकृति दिन सुरु गरिएको भए पनि औपचारिक गरेर सो सेवा थालिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार नगरपालिकाले रोजगार सेवा केन्द्रबाट उक्त सेवा सुरु गरेको नगरप्रमुख प्रलाद सापकोटाले बताउनुभयो ।

    उहाँले पालिकाबाट श्रम स्वीकृतिको सेवा सुरुआतसँगै काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताउनुभयो । “काठमाडौँबाट लिदै आएको हरेक सेवा स्थानीय सरकारमार्फत दिनुपर्छ”, उहाँले भन्नुभयो, “यसले नागरिकको समय र पैसाको बचत हुन्छ ।” नगरप्रमुख सापकोटाले यसअघि बाहिर गएर श्रम स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुने गरेको भन्दै स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहजै सेवा पाउने बताउनुभयो । श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउन उहाँले सुझाव दिनुभयो ।

    सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो श्रम स्वीकृतिपत्र प्रदान गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । स्थानीय सरकारबाट श्रम स्वीकृतिपत्र लिएपछि भिसा लागेको मान्छे काठमाडौँका मेनपावर र मन्त्रालयमा धाउनु नपर्ने उहाँको भनाइ छ । जेठ महिनायता रत्ननगरबाट १५ जनाले श्रम स्वीकृति लिइसकेको रोजगार सेवा केन्द्र संयोजक चन्द्रा बस्यालले जानकारी दिनुभयो । यो अवधिमा ५० बढी युवालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श दिएको उहाँले बताउनुभयो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.