चितवन । आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि चितवनका विद्यालय बन्द गरिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा आँखा पाक्ने रोगको संक्रमण अत्यधिक हुन थालेपछि तीन दिन विद्यालय बिदा गरिएको हो ।
नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गरी साउन २२ देखि २४ गतेसम्म तीन दिन बिदा दिएको जनाएको हो । अहिले विशेषगरी बालबालिकामा फैलिएको आँखा पाक्ने रोग अर्थात् पिंक आई डिजिजलाई वर्षाको समयमा हुने आँखा रोग विशेषज्ञहरुले बताएका छन् ।








